अधिकारीचौरमा राष्ट्रिय जनमोर्चाको चुनावी अभियान कार्यक्रम सम्पन्न
Published on
2:21:00 AM //
रेडियो परिवर्तन
कार्तिक ४, बागलुङ । अधिकारीचौरको सहिखोलामा राष्ट्रिय जनमोर्चाको चुनावी अभियान कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
गणतन्त्रको संस्थागत गरौं, राष्ट्रियताको रक्षा गरौं, संघीयताको विरोध गरौं भन्ने मूल नाराका साथ चुनावी मैदानमा उत्रिएको राष्ट्रिय जनमोर्चाको जिल्ला व्यापी कार्यक्रम अनुसार उक्त कार्यक्रम सम्पन्न भएको हो । राष्ट्रिय जनमोर्चा गाउँ कमिटि अधिकारीचौरका उपाध्यक्ष चन्द्र कुमार कुँवरको अध्क्षता रहेको उक्त कार्यक्रममा राष्ट्रिय जनमोर्चा बागलुङका जिल्ला अध्यक्ष अमर बहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो भने राष्ट्रिय जनमोर्चा बागलुङ क्षेत्र नं. ३ का प्रत्यक्ष उमेदवार धर्मबहादुर कुँवरको विशेष आतिथ्यतारहेको थियो । कार्यक्रममा प्रमुख अतिथि थापाले विगतमा संघीयताकै कारणले संविधान बन्न नसकेकाले अहिलेको संविधानसभामा संघीयतावादी ठूला दलहरुप्रति जनविश्वास घट्दै गएकाले राष्ट्रियताको संरक्षण गरि गणतन्त्रलाई संस्थागत गर्न र संविधान लेखनलाई पूर्णता दिन संघीयताको विपक्षमा उभिएको पार्टि राष्ट्रिय जनमोर्चालाई विजयी गराउनु पर्नेमा जोड दिंदै सवैलाई मत दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला कोषाध्यक्ष गौरिश्वर पाण्डे, जिल्ला सदस्य दुर्गादेवी घर्ती, खिमविक्रम शाही, अखिल नेपाल युवक संघका जिल्ला अध्यक्ष भीमसेन बन, रक्तिम साँस्कृतिक अभियान जिल्ला उपाध्यक्ष चन्द्रं बहादुर घर्ती, अखिल छैठौंका जिल्ला सह सचिव वीरबहादुर घर्ती, जातिय समता समाजका एरिया सदस्य देवीलाल वि.क., अखिल नेपाल शिक्षक संघ एरिया सल्लाहकार सुनमाया घर्ती, बयोबृद्ध जगवीर घर्ती लगायतको उपस्थिति रहेको थियो ।
अखिल नेपाल शिक्षक संघ जिल्ला समिति बागलुङका सदस्य दुर्गा बहादुर भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन अखिल नेपाल युवक संघका जिल्ला उपाध्यक्ष बोम बहादुर बुढाले गर्नु भएको थियो । राष्ट्रिय जनमोर्चाको चुनाबी अभियान कार्यक्रम अन्तरगत सोमबार नै अधिकारीचौरको वडा नं. ४, ५ र ६ मा पनि जनभेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको बताइएको छ ।