Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेकपा एमाले म्यालपोखरी र पुर्कोट गाउँ कमिटीको भेला सम्पन्न

Published on 2:18:00 AM //

अनिल खत्री
गुल्मी, कार्तिक ४ । संबिधान सभाको सरगर्मि बढिरहेका बेला उमेदवारहरुले आफना चुनावी कार्याक्रम सहित नेताहरु यति बेला गाउँगाँउमा जनतासंग दैनिक जसो भेटघाट अन्तरकृया, घरदैलो कार्याक्रममा ब्यस्त देखिएका छन । चुनावी कार्यक्रम अनुसार प्रचार प्रसारको क्रममा नेकपा एमाले गुल्मी क्षेत्र नं.३ गुल्मीले म्यालपोखरी गाउँकमिटी गुल्मीको गाउँ भेला सम्पन्न गरेको छ । भेलाले कार्तिक १५ गते अगाडी सबै वाडमा चुनाव प्रचार प्रसार कमिटी गठन गर्ने गाँउस्तरमा भेला सम्पन्न गर्ने र कार्तिक १५ गते बृहत प्रशिक्षण कार्यक्रम गर्ने बताइएको छ । भेलामा नेकपा एमाले गुल्मीका सचिवालय सदस्य हिरा एसी म्यालपोखरी गाँउ कमिटीका अध्यक्ष भिम प्रसाद भट्टराई लगायतको उपस्थितीमा कार्याक्रम सम्पन्न भएको नेकपा एमाले क्षेत्र नं. ३ गुल्मीले जनाएको छ ।
त्यसैगरी चुनावी कार्यक्रम अनुसार प्रचार प्रसारकै क्रममा नेकपा एमाले गुल्मी क्षेत्र नं.३ गुल्मीले गुल्मीको पुर्कोट दहमा पनि वाड नं. ४ को वाड भेला सम्पन्न भएको छ । वार्ड भेलाले राम बहादुर कुवँरको अध्यक्षतामा १७ सदस्यि चुनाव प्रचार प्रसार समिती गठन गरेको छ भने रमेश घर्तिको संयोजकत्वमा २५ सदस्यि युवा परिचालन गठन गरेको छ । नेकपा एमाले गुल्मीका सचिवालय सदस्य हिरा एसी गाउँ कमिटी अध्यक्ष गोबिन्द कुवँर लगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको नेकपा एमाले क्षेत्र नं. ३ गुल्मीले जनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग