Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

संबिधान सभाको निर्वाचन मुलुकको हारजितको निर्वाचन: ज्ञवाली

Published on 8:28:00 PM //

अनिल खत्री
गुल्मी, कार्तिक १२ । नेकपा एमालेका केन्द्रिय प्रचार बिभाग प्रमुख तथा गुल्मी क्षेत्र नं.२ का उमेदवार प्रदीप कुमार ज्ञवालीले मसिंर ४ गते हुने सबिधान सभाको निर्वाचन मुलुकको हार जितको निर्वाचन भएको बताउनु भएको छ । आगामी निर्वाचनमा नेकपा एमालेको बहुमत तथा लोकतन्त्रका पक्षधरहरुको विजयले नै मुलुकले जित्ने भन्दै नेता ज्ञवालीले मसिंर४ गतेको निर्वाचन मुलुकको हार र जितसँग जोडिएको बताउनु भएको छ ।
निर्वाचन प्रचार प्रसार तथा कार्यकर्ता भेटघाटका क्रममा रहनु भएका पुर्व मन्त्री ज्ञवालीले बिरवास गाविसले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा चुनावी सभामा यस्तो बताउनु भएको हो । साथै उहाँले नेकपा एमालेको बहुमत जुटेमा मात्र संबिधान निमार्ण हुने नभएर मुलुक फेरी पनि भुमरिमा फस्ने पनि बताउनुभएको छ ।
नेकपा एमाले गुल्मी क्षेत्र नम्बर २ ले चुनावी अभियानलाई तिब्र पारेको छ । मसिंर ४ गते नजिकिँदै जादँ गुल्मी क्षेत्र नम्बर २ निर्वाचन परिचालन कमिटीले चुनावी प्रचार प्रसार कार्यक्रमलाई तिब्र पारेको हो । क्षेत्र नम्बर २ ले आज विरवास गाविसमा चुनावी सभा तथा कार्यकर्ता भेटघाट कार्यक्रम गर्नुका साथै घरदैलो कार्यक्रम समेत सम्पन्न गरेको छ । नेकपा एमाले गुल्मी क्षेत्र नम्बर २ का प्रत्यक्ष उम्मेदवार प्रदीप ज्ञवालीको प्रमुख आथित्यतामा बिरवास गाविसका बिभिन्न वडाहरुमा भएको चुनावी प्रचार प्रसार कार्यक्रममा समानुपातिक उम्मेदवार जगं नेपाली, दिलशोभा पुन खड्का जिल्ला उपाध्यक्ष मधुकृष्ण पन्थ, सचिवालय सदस्य कृष्ण सुनार जिल्ला सदस्य अशोक श्रेष्ठ अनेरास्ववीयु जिल्ला कमिटी सचिव राजेन्द्र बिक्रम कुवँर लगायतको उपस्थिती रहेको थियो । 

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग