Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महिलाको उपस्थिती बिना वन्ने संबिधान अधुरो ः एमाले नेतृ मैना भण्डारी

Published on 8:23:00 PM //

अनिल खत्री
गुल्मी, कार्तिक १२ । नेकपा एमाले नेतृ एंव गुल्मी क्षेत्र नंम्बर १ कि संविधान सभा उम्मेदवार मैना भण्डारीले महिलाको उपस्थिती बिना बन्ने संबिधान अधुरो हुने भएकाले संबिधानमा महिलाको हक अधिकार सुनिश्चिताको लागी महिलाको आबश्यकता अपरिहार्य रहेको बताउनु भएको छ । नेकपा एमाले क्षेत्र नं. १ ले संञ्चालन गरेको चुनावी प्रचार प्रसार घरदैलो अभियान अन्तर्गत आज गुल्मीको ग्वाघामा भएको अन्तरक्रिया कार्याक्रममा यस्तो कुरा बताउनु भएको छ । आफु नेकपा एमालेको तर्फबाट लुम्विनी अञ्चलमै एक महिला उमेदवार रहेकोले संबिधानमा महिलाको हक अधिकारको सुनिश्चिताको लागी आफनो बिशेष जिम्मेवारी रहने भण्डारीले गुल्मीन्युज डट कमलाई बताउनुभएको छ । त्यस्तै कार्यक्रममा बोल्दै समानुपातिक उम्मेदवार तथा जिल्ला कमिटी गुल्मीका उपसचिव वालसिंह काउछाले एमाले जनजाती, महिला, पिडीत, बिपन्न लगायत सबै क्षेत्रको प्रतिनिधित्व गरेकाले पनि आगामी संबिधान सभाको निर्वाचनमा एमालेको बहुमत जुट्ने बताउनुभएको छ ।
नेकपा एमाले क्षेत्र नं. १ ले संञ्चालन गरेको चुनावी प्रचार प्रसार घरदैलो अभियान अन्तर्गत आज हरेवाको बिभिन्न स्थानमा भएको कार्यक्रममा नेकपा एमाले क्षेत्र नं. १ की संबिधान सभा निर्वाचन सदस्य उम्मेदवार मैना भण्डारी, जिल्ला कमिटी गुल्मीका उपसचिव निर्वाचन क्षेत्र नं.१ का इन्चार्ज तथा समानुपातिक उमेदवार बालसिंह काउछा, क्षेत्र नं.१ निर्वाचन परिचालन समिती संयोजक जिवन खरेल, जिल्ला कमिटी गुल्मीका सदस्य चेतन वस्नेत, जिल्ला कमिटी गुल्मीका पुर्व सदस्य गिरीराज शर्मा, क्षेत्रिय कमिटी अध्यक्ष लोक बहादुर राना, उपाध्यक्ष खिमानन्द तिवारी, सदस्य कमला शर्मा ग्वाघा गाउँ कमिटी अध्यक्ष टेक बहादुर पुन लगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएको नेकपा एमाले क्षेत्र नं. १ गुल्मीले जनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग