Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

नेपाली कांग्रेसको चुनावी अभियान तिब्र

Published on 8:30:00 PM //

संगिता कुवँर
कार्तिक १२, गुल्मी । नेपाली कांग्रेस क्षेत्र नम्बर ३ को चुनावी प्रचार प्रसार अभियान अन्तर्गत आज गुल्मीको छापहिले भंगानामा चुनावी सभा सम्पन्न भएको छ । कांग्रेस गाउँ कार्य समितिका सभापति तुल्सी गीरीको सभापतित्व रहेको कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का प्रत्यक्ष उम्मेदवार त्रैलोक्य प्रताप सेनले सम्बोधन गर्नुभएको थियो ।
कार्यक्रममा क्षेत्रीय सभापति दामोदर भुसाल, महाधिबेशन प्रतिनिधि महेन्द्र भण्डारी, कृष्ण नेपाली, सीता अर्याल, क्षेत्रीय सचिव रेखाकुमार जीसी, दलीत संघ क्षेत्र नम्बर ३ संयोजक टेकबहादुर विक, क्षेत्रीय प्रतिनिधि प्रकाश पोखरेल, कृष्णभन्द्र अर्याल तथा पूर्व पार्टी सभापति र उपसभापतिहरुको विशेष आतिथ्यता रहेको थियो । अनु गीरीको स्वागत मन्तब्य रहेको कार्यक्रममा तरुणदल छापहिले गाउँ कार्य समितिका अध्यक्ष अशोक कुमार जीसीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
त्यस्तै अर्जै गाविसको पोखराबारीमा पनि चुनावी सभा सम्पन्न भएको छ । गाउँ समिति सभापति दीपक भण्डारीको अध्यक्षता रहेको कार्यक्रमलाई कांग्रेस क्षेत्र नम्बर ३ का उम्मेदवार त्रैलोक्य प्रताप सेनले सम्बोधन गर्नुभएको थियो । त्यस्तै कार्यक्रममा क्षेत्रीय सभापति दामोदर भुसाल, पूर्व नेविसंघ केन्द्रिय उपाध्यक्ष तथा महाधिबेशन प्रतिनिधि महेन्द्र भण्डारी, नेपाल शिक्षक संघका सभापति प्रेम नारायण भण्डारी, महाधिबेशन प्रतिनिधि कृष्ण नेपाली, क्षेत्रीय सचिव रेखा जिसी, दलित संघ क्षेत्र नम्बर ३ का संयोजक टेकबहादुर विक, भुपाल विष्ट, प्रकाश पाखरेल, तरुणदल ईश्मारजस्थलका सभापति झविन्द्र अर्याल लगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रम महाधिबेशन प्रतिनिधि सीता अर्यालको स्वागत भाषणबाट सुरु भएको कार्यक्रममा तुल्सी पराजुलीको  संचालन रहेको थियो । त्यस्तै आज अर्जैमा घरदैलो कार्यक्रम पनि सम्पन्न भएको छ ।
चुनावी अभियान अन्तर्गत नेपाली कांग्रेस क्षेत्र नम्बर ३ गुल्मीले पुर्कोट दहमा दलित भेला सम्पन्न गरेको छ । आज सम्पन्न भएको भेलाले फुर्सबहादुर परियारको सभापतित्वमा २१ सदस्यीय गाउँ समितिको गठन भएको छ । जसको सह संयोजकमा सुर्य नेपाली, सचिवमा रेशम परियार लगायत अन्इ सदस्यहरु रहनुभएको छ । सोही अवसरमा चुनाव प्रचारका लागि ५१ सदस्यीय चुनाव प्रचार प्रसार समितिको पनि गठन भएको छ । ५१ सदस्यीय चुनाव प्रचार प्रसार समितिको संयोजकमा फुर्सबहादुर नेपाली रहनुभएको छ । कार्यक्रममा दलित संघ गुल्मीका अध्यक्ष झबिन्द्र बिक, नेपाली कांग्रेस महासमिति सदस्य बिष्णु पन्थी, भुपु सैनिक संघका केन्द्रिय सदस्य मनिराम थापा, कांग्रेस पुकोट दह गाउँ समितिका सभापति यमबहादुर कुँवर लगायतको उपस्थिति रहेको थियो ।
यस्तै चुनावी अभियानकै सिलसिलामा नेपाल महिला संघ तम्घास गाउँ समितिको भेला सम्पन्न भएको छ । भेलाले चुनाव प्रचार प्रसारको लागि २ सय १ सदस्यीय प्रचारप्रसार समितिको गठन गरेको छ । तम्घास गाउँ समितिकी सभापति अमृता कुँवरको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेस संघिय विभागकी केन्द्रिय सदस्य धना भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । साथै कार्यक्रममा नेपाली कांग्रेस तम्घास गाउँ समितिका सभापति अखिलेश्वर प्रसाद पाण्डे, नेपाल महिला संघका जिल्ला सदस्यहरु अनिसा केसी, मिना पन्त, गाउँ कार्य समिति सदस्य सीता पाण्डे, पार्वता गौतम, कृष्ण पाण्डे लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रम अम्बिका श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग