Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मी क्षेत्र नं ३ मगरात राज्यको सदरमुकाम हुन सक्छ: बामदेब क्षेत्री

Published on 5:22:00 AM //

प्रेम सुनार
गुल्मी, ८ कार्तिक । एकीकृत नेकपा माओवादीका केन्द्रिय सदस्य तथा गुल्मी क्षेत्र नं ३ का उम्मेदवार बामदेव क्षेत्रीले गुल्मी क्षेत्र नं तीनमा मगराँत राज्यको सदरमुकाम हुन सक्ने बताउनुभएको छ ।
गुल्मीको धुर्कोट बस्तुमा आयोजित एक जनसभालाई सम्बोधन गर्दै उहाँले जनताको हित चाहनेले झुटको खेती गर्न नहुने बताउनुभएको छ । आफूले काम नगर्ने तर सबै सरकारी बजेट अफैले ल्याएको भनेर भ्रम छर्ने प्रवृत्तिले जनतालाई गुमराहमा राखेको बताउनुभयो । उहाँले त्यस क्षेत्रमा कृषि क्षेत्रको राम्रो संभावना रहेकोले गुल्मी क्षेत्र नं तीनलाई कृषि क्षेत्रमा भरपुर सहयोग गर्ने बताउनु भएको छ । कार्यक्रममा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादीका कार्यकर्ताहरुले समेत सहयोग गरेका थिए ।
बस्तु गाउँ कमिटि अध्यक्ष धनिश्वर पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सल्लाहकार टंक पोखरेल, क्षेत्रीय संयोजक बुद्धि जिसी, राज्य समिति सदस्य गणेश विक, समानुपातिक उम्मेदवार रीज्जु श्रेष्ठ, इलाका नं ११ का ईन्चार्ज भुपाल पोखरेल, नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष चन्द्र विक, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य प्रकाश अधिकारी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा पार्टिका जिल्ला सदस्य विरेन्द्र कुँवर, ईलाका नम्बर ११ उप संयोजक टिकाराम पोखरेल, क्रान्तिकारी पत्रकार संघ रुपन्देहीका सदस्य गुणाराम घिमीरे लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग