Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रशासनको निर्देशन कसैले टेरेन, सदरमुकाम जोड्ने वाटो अत्यन्तै जोखिमपूर्ण

Published on 5:23:00 AM //

चक्र बहादुर के.सी
प्यूठान, कार्तिक ०८ । सार्वजनिक बाटोमा जथाभावी निर्माण सामाग्री रखिदिँदा प्यूठान जिल्ला सदरमुकाम जाने बाटो जोखिमपूर्ण बनेको छ । सार्वजनिक बाटो अवरोध हुने गरी राखिएको निर्माण तथा ब्यापारीक सामग्रीहरु हटाउन जिल्ला प्रशासन कार्यालयल निर्देशन दिए पनि सो को पालना हुन सकेको छैन ।
जिल्ला प्रशासनले दशै अघि नै सर्बदलीय बैठकबाट निर्णय गराएर तीन दिन भित्र त्यस्ता सामग्रीहरु हटाउन सार्बजनिक सूचना प्रशारण तथा प्रकाशन समेत गरेको थियो । निर्देशनमा भनिएको छ तीन दिन भित्र सामग्रीहरु नहटाए कानून अनुसार कारवाही गरीने छ । जिल्लाका विभिन्न स्थानमा सडक छे उछाउ ब्यापारीक सामाग्री लगायत निर्माण सामग्री गिट्टी, बालुवा, रोडा फलामका सरीया लगायतका सामग्रीहरु अझै पनि राखिरहेका छन् । प्रशासनले सूचना जारी गरेर पनि निर्माण सामग्री नहट्दा सर्बसाधारण देखि सचेत नागरिकहरुले प्रशासन र संम्बधित पक्षको मिलेमतो भएको हुनसक्ने आरोप लगाएका छन् । सदरमुकाम खलंगा बजारमा सांघुरो सडक भएकोले सडकको छेँउछाउमा राखिएका निर्माण सामग्रीले त सर्वसाधारणलाई पैदल आवत जावत गर्न समेत समस्या भएको स्थानियले गुनासो गरेका छन् । उता सडक छेउँछाउँमा राखिएका सामग्रीका कारण सवारी दुर्घटना बढेको भन्दै स्वर्गद्वारी बस ब्यवसायी समिति प्यूठानका कार्यालय प्रमुख घनश्याम घर्तीले सडकको १५ मिटर वरीपरी कुनैपनि सामग्री राख्न नपाईने व्यवस्था रहेको बताउनु भयो । घर्तिले भन्नु भयो “सर्वसाधारण देखि तपाई हामी सबैलाई थाहा छ यसरी निर्माण सामग्री राख्दा सवारी दुर्घटना निम्तिन्छ भन्ने, तर हामी कसैले पनि यसमा ध्यान दिएका छैनौं ।” सम्बन्धित निकायले सूचना जारी गर्दैमा यो रोकिनेवाला छैन स्वर्गद्वारी बस ब्यवसायी समिति प्यूठानका कार्यालय प्रमुख घर्तीले गुनासो गर्नुभयो । कार्यालय प्रमुख घर्तीले भन्नुभयो हामीले सबैलाई सडक छेउछाउमा निर्माण सामग्री नराख्न अनुरोध पटक पटक ग¥यौं तर सम्बन्धित निकाय मौन भएकाले पनि कार्यान्वयनमा समस्या भएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग