Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एमाओवादी पुर्कोट दहको पार्टी कार्यालय उद्घाटन, एमाले सचिवद्धरा पार्टी परित्याग

Published on 7:57:00 PM //

प्रेम सुनार
कार्तिक ३, गुल्मी ।  गुल्मी क्षेत्र नम्वर क्षेत्र नम्वर ३ का उमेदवार वामदेव क्षेत्रीले एकिकृत नेकपा माओवादी पुर्कोट दह गाउँ कमिटीको उद्घाटन गरेका छन् । उद्घाटन समारोहलाई सम्वोधन गर्दै उमेदवार क्षेत्रीले आगमी संविधान सभा चुनाव अग्रगामी विचार भएको पार्टीले बहुमत ल्याउने भन्दै त्यही अनुसार बुझेर जनताले मतदान गर्न आग्राह गरेका थिए । उनले यो चुनाव संविधान बनाउनका लागि भएको भन्दै अघिल्लो संविधान सभाको चुनावमा विदेशीको ईसाारामा अनेक बखेडा निकाले संविधान बनाउन नदिने नेताहरुलाई चिन्न समेत आग्राह गरेका थिए ।
पुर्कोटदह घर भएका क्षेत्री ३ नम्वर क्षेत्रको उमेदवार बनेर आएपछि नेकपा एमाले पुर्कोट दह गाउँ कमिटी सचिव उमानाथ घिमिरे सो पार्टी परित्याग गरी एकिकृत नेकपा माओवादीमा प्रबेश गरेका छन् । त्यस्तै पुर्कोटदह कै घनाश्याम घिमिरे र दधिराम भुसालको नेतृत्वमा ७७ जना एमाले परित्याग गरी एकिकृत नेकपा माओवादीमा प्रवेश गरेको सो पार्टी पुर्कोटदहका सेक्रेटरी वसन्त गैरेले बताए । उनका अनुसार नेपाली कांग्रेस परित्याग गरी हिरण्य घिमिरे सहित १३ जना, बैद्ध नेतृत्वको नेकपा माओवादी पुर्कोटदहका अध्यक्ष पारिस्वर घिमिरे र स्वतन्त्रबाट विष्णु घिमिरे सहितका कार्यकर्ता प्रवेश गरेको बताईएको छ । गाउँ कमिटी अध्यक्ष प्रेम कुँरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सदस्यद्धय वसन्त गैरेको स्वागत मन्तब्य र खिमबहादुर केसीको सञ्चालन रहेको थियो ।
यसै विच अर्खले ५ स्थित सेउवाको सुनार टोलबाट २८ घरधुरी दलितहरु नेकपा एमाले र नेपाली कांग्रे परित्याग गरी एकिकृत नेकपा माओवादीमा प्रबेश गरेको २ नम्वर क्षेत्र चुनाव जन परिचालन समितिका संयोजक मनिराम ज्ञवालीले बताए । उनिहरुलाई २ नम्वर क्षेत्रका उमेदवार अशोक थापा र दलित साझा मञ्च गुल्मीका अध्यक्ष गणेह बिश्वकर्मा , तम्घास गउँ कमिटी अध्यक्ष धर्म बिश्वकर्मा, जिल्ला सदस्य ठाकुर पाण्डे, वाईसियल तम्घासमा अध्यक्ष लक्ष्मण फुल्देल लगाएतका नेताहरुले स्वागत गरी पार्टी प्रबेश गराएका थिए ।
स्थानिय अगुवा दलित महिला शान्ता सुनारले जिल्लाका दलित अगुवा गणेश बिश्वकर्मा एकिकृत नेकपा माओवादीमा प्रबेश गरे पछि उहाँले नै बनाएको कार्याकर्ता भएकोले आफुहरु सोही पार्टीमा प्रबेश गरेको बताईन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग