Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गजल (दशैँ बिशेष)

Published on 5:21:00 PM //

-कल्पना पौडेल "जिज्ञासु"
धनीलाई रैछ दशै गरीबलाई ऋणको भारी  
के खुशीले रमाउने खै मनभरी पिडा पारी 

भोका नाङ्गा छोरा छोरी हात्मा छैन सुको पैसा 
चोर्न पनि भएन क्यारे लाजसरम पर सारी 

ठुलो पाटो बन्दकी छ ब्याज तिर्न सक्या छैन 
थाक्यो ज्यान मर्यो आस ऋण खोज्दै गाउँ चारी 

मिठा मिठा परिकार पाक्दै छन छिमेकमा  
बाध्यछौ बाँच्न हामी खाने लाउने आशा मारी  

मुर्तीलाई भोग लाउछन हाम्रो पेट सधैं भोको  
पोल्छ छाती राँको बल्दै निभाउछु आशु झारी  


गैडाकोट,४,नवलपरासी
हाल:इजरायल


Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग