Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मुसिकोटमा आयोजित खेलकुद कार्यक्रममा वडा नं. ९ प्रथम

Published on 5:34:00 PM //

कौरव खत्री
गुल्मी, आश्विन २६ । विजया दशमी तथा शुभदिपावलीको पावन अवसर पारेर तुफान परिकल्पना युवा क्लव मुसिकोट देउराली गुल्मीले आयोजना गरेको विविध खेलकुद कार्यक्रम आज सम्पनन भएको छ ।
क्लवका अध्यक्ष कर्ण बहादुर रायमाझीको अध्यक्षता रहेको आयोजित भोलिवल प्रतियोगीतामा ९ वटै वडाका गरी कुल ९ समुहको सहभागीता रहेका थियो । जसमध्ये वडा नं ९ प्रथम तथा वडा नं. ६ द्धितिय भएका छन् । कार्यक्रममा विजयी समुहलाई आकर्षक नगद पुरस्कार सहित सम्मान गरिएको थियो । क्लवले हरेक वर्ष विजया दशमीको अवसर पारेर विविध कार्यक्रम आयोजना गर्दै आएको आयोजकले जनाएको छ । हिँजोदेखि सुरु भएको कार्यक्रमको सञ्चालन सचिव कृष्ण प्रसाद भट्राईले गर्नुभएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग