Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाउँ भरिँदै, शहर रित्तिँदै

Published on 4:11:00 AM //

घनश्याम गौतम
गुल्मी , आश्विन २८ - लामो समयदेखि युवाविहीन गाउँमा उनीहरू दसैंमा फर्केपछि गाउँमा रौनकता बढेको छ । दसैं र युवाको आगमनले गाउँमा छुट्टै चहलपहल छ । सहर बजार भने सुनसान बनेका छन् ।
'गाउँमा रमाइलो छैन भनेको त दुई वर्षपछि गाउँ आउँदा झनै रमाइलो लाग्यो,' हर्राचौरका अशोक थापाले भने, 'हिजोदेखि नै बुटवल बजार सुनसान हुन थाल्यो, तर गाउँमा रमाइलो सुरु भएको छ ।' चाडवर्पबाहेकका समय भने गाउँ प्रायः सुनसान नै हुन्छन् । सधैं चहलपहल हुने सदरमुकाम तम्घास पनि बिहीबारदेखि प्रायः सुनसान बनेको छ । रोजगारी, अध्ययन, व्यापार व्यवसायलगायतका कामले सहर रोज्नेहरू वर्षमा एक पटक दसैंमा मात्र घर र्फकने भएकाले गाउँहरू भरिभराउन हुन थालेका हुन् । सहरको कोलाहल, कामको व्यस्तता, तनावपूर्ण दिनहरूलाई बिर्सदै दसैं मनाउन गाउँ पसेकाहरूको फुर्सदले उत्साह र उमंग थप्ने गरेको अर्जैका सुरज भण्डारीले बताए । 'म आएको ५ दिन भयो,' भण्डारीले टेलिफोनमा भने, 'अघिपछि गाउँ आउन मनै लाग्दैन,' उनले भने, 'दसैंमा भने कहिले गाउँ पुगौं, पुगौं जस्तो हुन्छ ।'
वर्षौंदेखि बिछोडिएका साथीसंगीहरूको भेटघाट, सम्बन्ध विस्तारका कारण पनि सहरमा बसेर गाउँ फर्केकालाई केही दिन गाउँको बसाइँ रमाइलो नै लाग्छ । 'पूर्वाधार र प्रविधिको विकासमा भएको ढिलाइले भने दिक्कै लाग्ने गर्दछ,' जुभुंगकी सीता थापाले भनिन्, 'अब धेरै युवा पुस्तालाई प्रविधिबिना टिक्नै नसक्ने बनाइदियो ।' शुक्रबार गाउँ फर्किएकी थापाले सहरमा मोबाइल र फेसबुकमार्फत हुने साथीभाइको सम्बन्ध गाउँमा प्रत्यक्ष हुने भए पनि त्यो सीमित मात्र हुने बताइन् । 'त्योमात्र नरमाइलो हो,' उनले थपिन्, 'अरू त सबै रमाइलै छ ।' गाउँको चहलपहलसँगै सहरमा सुनसान धेरै बढेको छ । सवारी साधनमा बाहेक अन्य क्षेत्रको व्यापार व्यवसाय घट्दो छ । पछिल्ला वर्षहरूमा सडक पूर्वाधारको विकासले पनि सदरमुकामको व्यापार व्यवसाय घटाउँदै लगेको व्यवसायीको अनुभव छ । 'ठूला बजारहरूबाट सवारी साधनले सीधै ग्रामीण क्षेत्रमा मालसामान ढुवानी गर्न थालेपछि तम्घासको व्यापार पहिलाजस्तो छैन,' तम्घासका व्यवसायी तेजेन्द्रकुमार श्रेष्ठले भने, 'अहिले त बजारमा भन्दा गाउँमै व्यापार राम्रो हुन थाल्यो ।'
पछिल्लो एक सातामा जिल्लाका रिडी, खैरेनी, शान्तिपुर, मजुवा वामिटक्सार, विरबास, सिमलटारीलगायतका ग्रामीण बजारहरूमा भने चहलपहल बढ्दै गएको छ । शान्तिपुरका व्यवसायी दामोदर सापकोटाले सुस्ताएको व्यापार व्यवसाय चाडपर्वमा केही फरक हुने गरेको बताए । 'अहिले चहलपहल बढ्दो छ,' उनले भने, 'दसैंमा युवायुवतीको गाउँ र्फक अभियानले यस्तो भएको हो ।' दसैंबाट सुरु भएको ग्रामीण क्षेत्रको चहलपहल तिहारसम्म नै रहने सापकोटाले बताए । राष्ट्र बैंक भैरहवाबाट तानसेन राष्ट्रिय बैंकमा रकम ल्याउने र त्यही पैसा सबैले आवश्यकता अनुसार लग्ने गरेको प्रबन्धक पाठकले बताए । भूतपूर्व कर्मचारीले पेन्सन पनि दसैंमै निकाल्ने गर्छन् । यस्तै, सरकारी कर्मचारीले पनि दसैं पेस्कीसहित तलब लिने गर्छन् । यस्तै सर्वसाधारणले पनि यही बेलामा दसैं खर्च निकाल्ने भएकाले पनि बढी खर्च देखिएको हो ।
नेपाल इन्भेस्टमेन्ट बैंकका प्रबन्धक बाबुराम कँडेलले अन्य समयमा भन्दा दसैंका बेला बढी निकाल्ने चलन रहेको बताए । घर खर्चका लागि आवश्यकभन्दा बढी नै निकाल्छन् । नयाँँ नोट साट्नका लागि जनताको भीड लाग्ने गरेको उनले बताए । पर्यटकीय नगरी तानसेन निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाको शाखा विस्तारका लागि आकर्षणको केन्द्र बनेको तानसेनमा झन्डै दर्जन बैंक खुलेका छन् । राष्ट्रिय वाणिज्य बैंकबाहेक हिमालयन बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, किस्टलगायतका बैंकका शाखाहरू छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग