Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सलमानले भुल्न सकेनन् ऐश्वर्यालाई

Published on 3:15:00 AM //

बलिउड स्टार सलमान खानले आफ्नी प्रेमिका तथा बलिउड सुन्दरी ऐश्वर्या रायलाई अभैm पनि बिर्सन सकेका छैनन्। ऐश्वर्या अभिषेक बच्चनसँग बिहे गरेर आमा बनिसक्दा पनि यी हिरोलाई बेलाबेला ऐश्वर्याको सम्झनाले सताउँदो रहेछ भन्ने कुरा उनकै व्यवहारले देखाएको छ।

एक जमानमा सलमान र ऐश्वर्या बलिउडकै उदाहरणीय र आदर्श प्रेमजोडीका रूपमा स्थापित थिए। उनीहरूबीच इलुइलु चलेको समाचारले बलिउड वर्षौंसम्म तातेको थियो। लामो समयको प्रेमपछिको बेमेलका कारण ऐश्वर्याले सलमानलाई छाडेर अभिषेकलाई अँगालेकी थिइन्। ऐश्वर्याले अभिषेकसँग बिहे गरेर घरबार नै शुरू गरे पनि सलमान भने अभैmसम्म अविवाहित नै छन्।

पुरानो प्रेमी–प्रेमिका भए पनि सलमान र ऐश्वर्या अहिले एकअर्कासँग बोल्दैनन्। उनीहरू एक अर्काको नामसमेत उचारण गर्दैनन्। तर हालै रियालिटी सो बिग बोस–७ मा भने सलमानले ऐश्वर्याको नाम लिएर शोको टिआरपी बढाइदिएका छन्। उनले बिग बोस–७ मा एक पटक मात्रै नभएर पटकपटक ऐश्वर्याको नाम लिएका थिए। उनले कार्यक्रम सञ्चालनका क्रममा यसरी ऐश्वर्याको नाम लिएपछि अनुमान गर्न सकिन्थ्यो कि सलमानले ऐश्वर्यालाई निकै सम्झने गरेका छन् र उनको दिलमा ऐश्वर्या अहिले पनि राम्रैसँग बास बसेकी छिन्।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग