Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीका दर्जनौं कोटहरुमा महाअष्टमीको पुजाआजा सम्पन्न

Published on 5:28:00 PM //

घनश्याम गौतम
गुल्मी, आश्विन २६ - बडादसैँको आठौँ दिन शनिबार गुल्मीका एक दर्जन भन्दा बढी मठमन्दिर र कोटहरुमा बलीसहित पूजा सम्पन्न गरिएको छ ।
बडादशैंको आठौं दिन महाअष्ठमी पर्व अनुसार दसैँघर र कोतरुमा पुजाअर्चना तथा दुर्गापाठ गर्ने परम्परा अनुसार गुल्मीका ऐतिहासिक महत्व बोकेका कोटहरु चन्द्रकोट, इश्माकोट, पुर्कोट, धुर्कोट, मुसिकोट, मानकोट लगायतका कोटहरुमा बली सहित दुर्गामाताको पुजा सम्पन्न गरिएको कोट व्यवस्थापन समितिहरुले जनाएको छ । गुल्मीसँगै यस क्षेत्रका अर्घाखाँची, पाल्पा, बाग्लुङ लगायतका विभिन्न मठ, मन्दिर, शक्ति पिठ र कोटहरुमा दिनभर शक्तिरुपा भगवतीको पुजाअर्चना गरी बली चढाउने परम्परा छ ।
पशुबली नचढाउने दशैंघर र कोटहरुमा घिरौला, कुभिन्डो, मूला आदि बलि दिई दुर्गा भवानीलाई खीर तथा नरिवल चढाउने परम्परा छ । गुल्मीका विभिन्न क्षेत्रमा रहेका एक दर्जन भन्दा बढी कोटहरुमा बाजागाजा, हर्ष बढाई सहित महाअष्ठमी पर्वका दिन बेलुका समेत बढी चढाई पुजाआजा गर्ने गरिन्छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग