Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

श्रद्धाञ्जली सभा सम्पन्न

Published on 2:35:00 AM //

संगिता कुवँर
असोज ७, गुल्मी । नेपाली कांग्रेस पौँदी अमराई गाउँ कार्य समितिले श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । कांग्रेस क्षेत्र नम्बर ३ बाट महासमिति सदस्य बुद्धबहादुर थापा तथा पौँदीअमराई गाउँ सभापति हरीबहादुर थापाकी आमा बल्लवी थापाको निधमा कांग्रेसले श्रद्धाञ्जली सभा गरेको हो ।
थापाको निधनको दास्रो दिनमा आज श्रद्धाञ्जली सभाको आयोजना गरिएको हो । गाविसको वडा नम्बर ५ केन्द्र टोलमा सम्पन्न भएको श्रद्धाञ्जली सभामा पौँदी अमराई गाउँ कार्य सभापतिका कार्यबाहक सभापति दानबहादुर केसीको सभापतित्व रहेको थियो भने संबिधान सभा सदस्य निर्वाचन २०७० मा गुल्मी क्षेत्र नम्बर ३ बाट कांग्रेसका उम्मेदवार त्रैलोक्य प्रताप सेनको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा कांग्रेस जिल्ला सचिव छन्दबहादुर पहराई, क्षेत्रीय सभापति दामोदर भुसाल, महासमिति सदस्य विष्णु प्रसाद पन्थी, नेपाल विद्यार्थी संघ गुल्मीका सभापति कृष्ण प्रसाद अर्याल, कांग्रेस जिल्ला सदस्य सावीत्रि श्रेष्ठ, बुटवल बहुमुखि क्याम्पस नेविसंघ ईकाई सभापति लोक प्रसाद खरेल, गाउँ सचिव टिका गीरी, नेपाल शिक्षक संघका सदस्य चिरञ्जीवी थापा, वडा नम्बर १ का वडा सभापति रुद्र गीरी, २ का सभापति थम्मनबहादुर केसी लगायतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रम क्षेत्रीय सहकोषाध्यष भगत सिंह खड्काको संचालनमा सम्पन्न भएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग