Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीबाट चुनाबमा को को उठे ?

Published on 5:02:00 PM //

जनार्दन घिमिरे
गुल्मी, १५ असोज । संविधान सभा सदश्यको निर्वाचनका लागि गुल्मीमा अधिकांस राजनैतिक पार्टिहरुले आआफ्ना उमेदवारहरुको नाम सार्वजनिक गरेका छन् । यसरी सार्वजनिक गरिएका उमेद्वारहरुमा एकिकृत नेकपा माओवादीको तर्फवाट क्षेत्र नं १ मा शुदर्शन वराल, २ मा अशोक थापा र ३ मा वामदेव क्षेत्री रहेका छन् ।

त्यसैगरि नेपाली काँग्रेसको तर्फवाट क्षेत्र नं १ मा कृष्णवहादुर छन्त्याल, २ मा चन्द्र भण्डारी र ३ मा त्रैलोक्य प्रताप सेन रहेका छन् । नेकपा एमालेवाट क्षेत्र नं १ मा मैना भण्डारी, २ मा प्रदीप ज्ञवाली र ३ मा गोकर्णराज विष्टको नाम सार्वजनिक गरिसकेको छ  ।

राष्ट्रिय प्रजातन्त्र पार्टिले क्षेत्र नं १ मा भीम वहादुर रानामगर, २ मा गुप्त वहादुर खत्री र ३ मा भरत वहादुर चन्दलाई उमेद्वार चयन गरेको छ । राष्ट्रिय जनमोर्चा नेपालले भने अहिलेसम्म क्षेत्र नं १ वाट जमानसिंङ रानाको (जीवन राना) मात्र नाम उमेद्वारकालागि चयन गरेको छ । नेकपा मालेवाट हालसम्म क्षेत्र नं ३ मा जीवराज अर्याललाई उमेद्वार वनाउने निर्णय गरे पनि अन्य क्षेत्रको उम्दवारको नाम भने अझै सार्वजनिक गरिसकेको छैन ।

जिल्लामा तीनै ठूला दलहरुले आआफ्ना उमेद्वारहरुको नाम सार्वजनिक गरिसकेपछि सदरमुकाममा निर्वाचनको सरगर्मि एकाएक वढ्दै जान थालेको छ । चियापसलदेखि चोक चोकहरुमा आआफ्नो वृतवाट चुनावी चर्चातथा परिचर्चाहरु शुरु हुन थालेका छन् । सामाजिक संजालहरुमा नेता तथा कार्यकर्ताहरुले आआफ्ना दलका उमेदवारहरुलाई भोट माग्न शुरु गरिसकेका छन् ।

जिल्लामा केही दलका उमेद्वारहरु नयाँ देखिए पनि अधिकांस उमेद्वारहरु पुरानै अनुहारका रहेका छन् । टिकटका लागि काठमाण्डौ गएका कतिपय दलका नेताहरु सदरमुकाम फर्किएपनि कतिपयहरु भने अझै सदरमुकाम फकि सकेका छैनन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय गुल्मीले पहिलो हुने निर्वाचित हुने प्रणाली अन्र्तगत आज निर्वाचन कार्यक्रमको सूचना समेत प्रकाशित गरेको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग