Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बागलुङको पश्चिममा राष्ट्रिय जनमोर्चाको चुनावी अभियान जारि खुँगा र मल्ममा सभा सम्पन्न

Published on 12:27:00 AM //

राम सुवेदी
बागलुङ, कार्तिक ६ । राष्ट्रिय जनमोर्चा बागलुङले जिल्लाको क्षेत्र नं. ३ र २ मा आफ्ना चुनावी सभा सम्पन्न गरेको बताएको छ ।
जस अनुसार राष्ट्रिय जनमोर्चा क्षेत्र नं. ३ को चुनावी सभा आज खुँगामा सम्पन्न भएको छ ।    खुंगा ग्राम अध्यक्ष खिम प्रसाद हर्मेलको अध्यक्षता तथा राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष तथा केन्द्रिय सल्लाहकार अमर थापाको प्रमुख आथित्यता रहेको थियो । प्रमुख अतिथिको रुपमा मन्तव्य राख्दै थापाले, राष्ट्रियताको सवालमा संझौता गरेर राजनीति गर्ने देशका ठूला दलहरु असफल भएकाले विगतमा संविधान नवनेको भन्दै राष्ट्रियताको रक्षा, गणचनत्रको संस्थागत तथा संघियताको खारेजी सहित आम जनतामाझ राष्ट्रिय जनमोर्चा लोप्रिय भएको भन्दै जनताले राष्ट्रिय जनमोर्चालाई मतदान गर्ने विश्वास व्यक्त गर्नु भएको थियो ।  
उक्त कार्यक्रममा बागलुङ क्षेत्र नं. ३ का प्रत्यक्ष उमेरद्धार धर्म बहादुर कुवँर, अखिल नेपाल युवक संघ जिल्ला समिती अध्यक्ष भिमसेन वन, राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य तिलक पुन, रक्तिम साँस्कृतिक अभियान जिल्ला सदस्य पुर्ण बहादुर भुजेल, अखिल नेपाल महिला संघ जिल्ला सदस्य मनदेवी बुढाथोकी, अखिल नेपाल शिक्षक संघ एरिया नं. १२ का सदस्य भिम बहादुर खत्री तथा अखिल छैठौ जिल्ला समिती सहसचिव भिम बहादुर घर्ती लगाएतको विशिष्ट आथित्यता रहेको थियो ।
दुर्जन साप्कोटाको स्वागत मन्तब्य रहेको कार्याक्रमको सञ्चालन भिम बहादुर पुनले गर्नु भएको बताईएको छ । साथै सोही कार्यक्रम भोली तमानमा हुने बताइएको छ ।
त्यस्तै काँडेवासमा पनि राष्ट्रिय जनमोर्चाको चुनावी सभा सम्पन्न भएको बताइएको छ ।
सभालाई संबोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रिय सचिव तथा समानुपातिक उमेदवार एवं कार्यक्रमका प्रमुख अतिथि कृष्ण अधिकारीले, संघियताका कारण नै विगतमा संविधान नबनेको भन्दै संघियताका कारण देश टुक्रने अवस्था आएका कारण राष्ट्रलाई बचाएर राख्नका लागि पनि र आफ्नो पार्टीलाई मतदान गर्नुपर्ने बताउनुभएको छ । कार्यक्रमका राष्ट्रिय जनमोर्चा क्षेत्र नं. २ का प्रत्यक्ष उमेदवार राजेन्द्र ढुँगाना, राष्ट्रिय जनमोर्चाका जिल्ला उपाध्यक्ष वेदीलाल सापकोटा, अखिल छैठौंका केन्द्रिय महासचिव घनश्याम न्यौपाने, अखिल भारत नेपाली एकता समाजका पूर्व महासचिव कुलबहादुर थापा, लगायतले मन्तव्य राख्नुभएको थियो ।  राष्ट्रिय जनमोर्चा काँडेवास ग्राम समिति अध्यक्ष अग्नीधर सापकोटाको अध्यक्षता चुनाव प्रचार प्रसार समिति संयोजक भिम बहादुर शेरचनको स्वागत मन्तव्य र अखिल नेपाल शिक्षक संघका पुस्कर सापकोटाको सञ्चालनमा कार्यक्रम सम्पनन भएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग