Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

काँग्रेस क्षेत्र नं २ को चुनावी अभियान अन्तर्गत मुसिकोटमा अन्तरकृया

Published on 12:20:00 AM //

सागर भण्डारी
गुल्मी, कार्तिक ६ । नेपाली काँग्रेस गुल्मी क्षेत्र नं २ को चुनावी प्रचार प्रसार अभियान अन्तर्गत मगंलबार जिल्लाको मुसिकोट गाउँ विकास समितिमा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाली काँग्रेस मुसिकोट गाउँ कार्य समिति सभापति अर्जुन सिहं ठकुरीको सभापतित्व रहेको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली काँग्रेस गुल्मी क्षेत्र नं २ का प्रत्यक्ष उम्मेदवार चन्द्र भण्डारीले देश विकास सुरुवात नेपाली काँग्रेसबाट भएको भन्दै नेपाली काँग्रेसलाई विजयी बनाएर हेर्नुपर्ने बताउनुभएको थियो । त्यस्तै भण्डारीले नेपाली काँग्रेस आफ्नो देश आफै बनाऔँ भन्ने अभिप्रायका साथ अगाडी बढेको भन्दै यतिबेला देश जातिय द्धन्द तर्फ उन्मुख हुँदै गईरहेको र जातिय मुक्तिबाट कसरी मुक्ति हुने भन्ने तर्फ लाग्नुपर्ने बताउनुभएको थियो । त्यस्तै कार्यक्रमका विशेष अतिथि तथा नेपाली काँग्रेस जिल्ला कार्य समिति सभापति चन्द्र के.सीले काँग्रेस काम गरोस भन्ने पार्टी रहेको र अहिलेको निर्वाचनमा काँग्रेसले बहुमत ल्याउन नसके कुनै पनि हालतमा सविंधान बन्न नसक्ने ठकुवा समेत गर्नुभयो ।
कार्यक्रममा पूर्व सासंद भागवत ज्ञवाली, नेपाली काँग्रेस जिल्ला कार्य समिति उपसभापति भुवन प्रसाद श्रेष्ठ, सचिव विष्णु बलाल, नेपाली काँग्रेस क्षेत्र नं २ का क्षेत्रिय सभापति अशोक थापा, नेपाल तरुणदल जिल्ला अध्यक्ष, खिलध्वज पन्थी, नेपाली काँग्रस भूतपूर्व क्षेत्रिय सभापति मुक्ति कडेंल, नेपाल महिला सघं गुल्मीकी सभापति विष्णु सापकोटा,नेपाल महिला सघं तम्घास गाउँ कार्य समिति सभापति अमृता कुँवर, नेपाली काँग्रेस क्षेत्र नं २ का क्षेत्रीय सदस्य राम बहादुर के.सी लगायतको उपस्थिति रहेको थियो । साथै उक्त टोलीले मुसिकोट ८ मा रहेको नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयको अवस्थाको बारेमा अवलोकन पनि गरेको छ । अवलोकन क्रममा विद्यालयको भौतिक अवस्था प्रति दुख व्यक्त गर्दै सुधारको लागि पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो ।
स्थानीय युवा रामप्रसाद आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सुवास खत्रीले गाउँको विकासको अवस्था तथा अव गर्नु पर्ने पहलका बारेमा जानकारी गराउनुभएको थियो ।भने कार्यक्रमको सत्तचालन गाउँ कार्य समिति सचिव मुसिकोटका सचिव तेजबहादुर महतले गर्नुभएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग