Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

"लोकतान्त्रीक संबिधान निर्माण एमालेको अगुवाईमा मात्र सम्भव": प्रदिप ज्ञावली

Published on 11:57:00 PM //

अनिल खत्री
गुल्मी, कार्तिक ५ । जनताको लोकतान्त्रीक संबिधान निमार्ण नेकपा एमालेको अगुवाइबाट मात्र सम्भव रहेको नेकपा एमाले केन्द्रिय प्रचार बिभाग प्रमुख तथा पुर्व सभासद गुल्मी क्षेत्र नं. २ का संबिधान सभाका उमेदवार प्रदिप कुमार ज्ञावलीले बताउनु भएको छ । नेकपा एमाले गुल्मी क्षेत्र नं. २ ले संञ्चालन गरेको चुनावी प्रचार प्रसार घर दैलो तथा अन्तरक्रिया कार्याक्रम अन्तर्गत गुल्मीको वडागाउमा सम्पन्न भएको कार्याक्रममा ज्ञवालिले यस्तो कुरा बताउनु भएको हो ।
कार्याक्रममा बोल्दै नेता ज्ञावलीले जनताको सुख समृद्धि, बिकास र लोकतानित्रक संबिधान निमार्णका लागी नेकपा एमालेको अगुवाइमा मात्र सम्भव रहेको र त्यसका लागी नेकपा एमालेको दुइतिहाई बहुमत रहेको आबश्यता रहेकोले नेकपा एमालेको पक्षमा मतदान गर्न जनतालाइ आग्रह गर्नु भएको छ । नेकपा एमाले जनताको सुख सान्ती र प्रगती पक्षमा सधै प्रतिबद्ध रहेको समेत बताउनु भएको छ । नेकपा एमाले क्षेत्र नं. २ गुल्मीले संञ्चलन गरेको संबिधान सभाको निर्वाचन प्रचार प्रसार तथा घर दैलो अभियान अन्तर्गत मंगलवार गुल्मी क्षेत्र नं. २ का बिभिन्न गाबिसहरुमा चुनावी प्रचार प्रसार अभियान सम्पन्न गरेको छ ।
चुनावी प्रसार प्रसार घरदैलो तथा अभियान अन्तर्गत  गुल्मीको वडागाउ ८ तोलादी, वाड नं.७ को देस्थिान र वाड नं.३ को नेटामा भएको कार्याक्रममा नेकपा एमाले केन्द्रिय प्रचार बिभाग प्रमुख तथा पुर्व सभासद गुल्मी क्षेत्र नं. २ का संबिधान सभाका उमेदवार प्रदिप कुमार ज्ञवाली, नेकपा एमाले जिल्ला कमिटी गुल्मीका सचिव सोमनाथ सापकोटा, सचिवालय सदस्य गणेश श्रीपाली, जिल्ला कमिटी सदस्य खडग जीसी, हरि छन्तेल, गुल्मी क्षेत्र नं. २ का क्षेत्रिय अध्यक्ष एबं निर्वाचन परिचालन समिती संयोजक खडग केसी, अनेरास्वाबियू गुल्मीका जिल्ला कमिटी सचिव राजेन्द्र बिक्रम कुवँर लगायले मनतब्य राख्नु भएको कार्यक्रममको सभापतित्व नेकपा एमाले वडागाउ गाँउ कमिटीका अध्यक्ष बोम छन्तेलले गर्नुभएको थियो भने सन्चालन दुर्गा सुर्यवंसीले गर्नुभएको नेकपा एमाले क्षेत्र नं.२ गुल्मीले जनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग