Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वडागाँउ र मुसिकोट जोड्ने ग्रामिण मोटरबाटो सञ्चालनमा, स्थानीयहरु हर्षित

Published on 3:52:00 PM //

सागर भण्डारी
आश्विन २५, गुल्मी । गुल्मीको वडागाउँ गाउँ विकास समितिको नौबिसे देखि मुसिकोट गाउँ विकास समिति वडा नं ६ को रातचौर बगुवा र कालिरह जोड्ने मोटरबाटोको बिचबिचमा गएको पहिरो आज हटाई मोटरबाटो सञ्चालन गरिएको छ ।

बर्षा लाग्नु भन्दा अगावै स्थानीयबासी तथा युरोपमा रहेका प्रवासीहरुको आर्थिक सहयोगमा डोजरको सहायताले खनिएको मोटरबाटो वर्षा लागेसगैं बिचबिचमा पहिरो गएको तथा बर्खे भेलले खाल्डाखुल्डी पुरेपछि विगत ३ महिना अघि देखि अवरुद्ध भएको थियो । तर आश्विन २१ गते देखि मोटरबाटो उपभोक्ता समितिका पदाधिकारी तथा स्थानीयहरुको सक्रियतामा डोजरको सहायताले पहिरो हटाए पछि आजबाट सञ्चालनमा आएको हो ।

साथै विजया दशमीलाई मध्यनजर गर्दै स्थानीय लगायत वैदेशिक रोजगारमा गएका व्यक्तिहरुलाई सहज होस भन्ने हेतुका साथ बाटो सरसफाई गरिएता पनि सवारीसाधन भने औपचारिक रुपमा उद्घाटन गरिसकेपछि मात्रै नियमित रुपमा सञ्चालन गर्ने मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष जनक बहादुर खत्रीले जानकारी दिनुभयो । उक्त मोटरबाटो सञ्चालनमा आएसगैं मुसिकोट वडाबासी वामी लगायत छिमेकी जिल्ला बागलुङको दगातुम्डाँडा, ग्वालिचौर, रिघा, सिसाखानी, लगायतका गाउँ विकास समितिका सर्वसाधारणहरु प्रत्यक्ष लाभान्वित भएका छन् । गाउमाँ मोटरबाटो पुगेपछि सवारीसाधन पशुचौपाया तथा मानिसहरु आवतजावत मात्रै नभएर स्थानीय रुपमा उत्पादित विभिन्न कृषि उपजहरु बजार सम्म पुर्याउन पनि सहज भएको स्थानीय बासीको भनाई रहेको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग