Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दशैंमा घर आउने नेपालीलाई सरकारले अनुमती नदिँदा अफगानिस्तानमा अलपत्र

Published on 4:10:00 PM //

प्रेम सुनार
असौज २६, गुल्मी । दशैंमा घर आउन हातमा टिकट लिएर बसेका अफगानिस्तानमा कार्यरत नेपालीहरु नेपाल सरकारले अनुमति नदिँदा अलपत्र परेका छन् ।
अफगानिस्तान स्थित अमेरिकी सैनिक क्याम्पमा कार्यरत गुल्मी छापहिले ८ भुस्खात निवासी रामहरी गिरी, ईस्मारजस्थलका अर्जुन थापा, वुटवल प्रहरी तालिम केन्द्र पछाडी घर बताउने तारा सेन, चितवानका किशुन थापा, धादिङ्गका आईमन गुरुङ्ग, खैरेनीका विन लामा, चितवनका जिवन शर्मा, दाङका गोपल श्रेष्ठ, तनहुँका राजु परियार लगायत दश जना नेपाली अलपत्र परेका हुन् । ३ देखि १० तारिख सम्मको टिकट काटेर सर–समान किनेर झोला झिम्टी ठिक्क पारेर एअरपोर्ट जाने तयारीमा रहेका उनिहरुलाई नेपाल सरकारले अवैधानिक कामदार भन्दै अनुमति नदिएपछि अलपत्र परेर बसेको छापहिलेका रामहरी गिरीले बताए । टेलिफोनमा यहाँस्थित रेडियो कार्यक्रम ओझेलका खवरलाई भने–‘हाम्रो संबन्धमा संबन्धीत निकायको ध्यानकृष्ट गराई दिनुप¥यो ।’
एक महिना अघि पोखराका पदमकुमार अर्याल घर बिदा आएको र फर्किने क्रमममा उनलाई त्रिभुवन विमानस्थलमा रोक लगाई अफगानिस्तान आउन नदिएको र त्यही कुराले आफुहरुलाई ईल्लीगल भनि अनुमति नदिएको उनिहरुको गुनासो छ । चितवनका किशुन थापा भन्छन् –‘यहाँ हामीलाई अमेरिकी सैनिक क्याम्पले सम्पुर्ण सुविधा दिएर राखेको छ, काम गरेर खानै प¥यो, कि नेपालमै रोजगार दिनु प¥यो अन्यथा हामीहरुलाई ईल्लीगल ठानिनु भएन ।’
‘यहाँबाट मात्र होईन अमेरिका देखि समेत दशैमा परिवारका लागि सामान मगाएर राखेका थियौं’ गिरीले मुटु भक्काउँदे भने –‘हामीलाई नेपाल सरकारकै कारण दशै मान्नबाट बञ्चित गराईयो ।’ किशुन थापाले दशै नमानेको चार वर्ष भयो । उनि सहित तिन देखि चार वर्ष सम्म दशै नमानेका दश जना नेपालीहरुको यस पाली अमेरिकी सैनिकले दशै मान्ने पालो दिएको थियो । गिरी गत वर्ष घर आएर नेपालको एअर्पोटबाटै फर्किएका थिए तर यसपाली भने यसरी रोक लगाउनुको कारण भन्सारका कर्मचारीहरुलाई अख्तीयारले समातेको रिस पोखराका अर्याल माथी पोखेर यस्ता रोक लगाईएको उनिहरुको ठहर छ । ‘वर्षेनी देशमा ठुलो मात्रमा रेमिट्यान्स भित्राएका छौं, थापाले भने–‘ कुल ८० जना नेपालीहरु कार्यरत छौं र हामीलाई एभ्रिथीङ्ग फ्यास्लिटी दिएर अमेरिकी सेनाले मासिक डेढ, दुई लाख नेपाली रुपैयाँ बराबरको तलब दिएर राखेको छ ।’
भान्सा, पलम्वीङ्ग, कार्पेन्टर र कार्यालय सहयोगीको काम गर्ने त्यस क्याम्पका ८० जना नेपाली ४ वर्ष अघि देखि कार्यरत रहेको बताउँछन् । उनिहरु नेपालबाट नभई भारतबाट दुबई हुँदै त्यहाँ पुगेका थिए । उनिहरु सहित अफगानिस्तानमा करिव ३५ हजार नेपाली कार्यरत रहेको बताईन्छ । उनिहरुले नेपाल सरकारसंग वैधानिकता प्रदान गरी सहज आवत जावातको परिपाटी मिलाई दिन माग गरेका छन् ।
उनिहरुले दशैंमा घर आउन नपाएको ब्यक्त पिडा हृदय स्पर्शी छ, जसले आमा प्रवासी नेपालीहरुको प्रतिनिधीत्व गरेको छ । जुन पिडालाई ओझेलका खवरको नियमित स्तम्ब जिवनको गोरेटोमा प्रशारण गरिने भएको छ । टिकाको दिन साँझ गुल्मीन्युज डट कम र रेडियो रेसुङ्गा सहित देशभरका दर्जनौ रेडियोमा बज्ने छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग