Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पौँदीअमराईमा गाउँ घर क्लिनिक सुरु

Published on: // ,
सागर भण्डारी
गुल्मी, माघ २४ । गुल्मीको पौँदीअमराई गाउँ विकास समितिको वडा नं ३ स्थित बाङ्गेमा निर्माण गरिएका गाउँ घर क्लिनिकको आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।
पौँदीअमराई उपस्वास्थ्य चौकी ईन्चार्ज रविन्द्र गिरिले क्लिनिकको उद्घाटन गर्नुभएको हो । निर्माण समितिका अध्यक्ष ताराबहादुर बलामीको अध्यक्षतामा सञ्चालित उद्घाटन कार्यक्रममा सर्वदलिय समितिका अध्यक्ष दान बहादुर के.सी, निवर्तमान वडा अध्यक्ष देवेन्द्र गुरुङ, भगवति निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक सकंर गिरि लगायतले मन्तव्य राख्दै गाउँ घरमा क्लिनिक स्थापना भएपछि सामान्य उपचारको लागि सहजता भएको बताउनुभएको थियो । साथै सोही अवसरमै तारादेवी गौतमको अध्यक्षतामा ११ सदस्यीय क्लिनिक व्यवस्थापन समिति गठन गरेको छ । जसको उपाध्यक्षमा टोप बहादुर के.सी सचिवमा निरु गुरुङ, कोेषाध्यक्षमा सोम बहादुर बलामी लगायत अन्य सदस्यहरु रहनुभएको छ । निर्माण समितिका सचिव टोप बहादुर के.सीले १ लाख २४ हजार बराबरको लागत खर्च प्रस्तुत गर्नुभएको थियो ।
महिला स्वास्थ्य स्वंयसविका पूर्णकला गौतमको स्वागत मन्तव्य सगैं सुरु भएको कार्यक्रमको सञ्चालन निर्माण समितिका सचिव टोप बहादुर बलामीले गर्नुभएको थियो ।

वामीको बारेमा ब्रित्तचित्र बनाउने टोली वामिका गाउँ गाउँमा

Published on: // ,
सागर भण्डारी
गुल्मी, माघ २४ । वामी सालिमे सिर्जनसिल विकास मञ्च वामी गुल्मीको बेठक आज सम्पन्न भएको छ ।
समितिका अध्यक्ष सन्तोष साक्यको अध्यक्षतामा बसेको बैठकले वामी गाउँ विकास समिति भित्रका सम्पूर्ण कला संस्कृति धार्मिक स्थत तथा स्थानीय रहनसहन, भेषभुषा तथा जातजातिका रहनसहन लगायत कृषि उत्पादन ऐतिहासिक पुरातात्विक महत्व बोकेका संस्कृतिहरु र तथा पर्यटकीय क्षेत्रको सम्भाव्यताको विषयमा बृत्तचित्रमा छायाकंन गर्नका लािग अनुगमन गर्न टोली निर्माण गरि हिँडेको वृत्तचित्र निर्माण समितिका सयोंजक प्रकाश काफ्लेले जानकारी दिनुभएको छ ।
साथै उक्त वामी वृत्तचित्र निर्देशक बिजु बज्र लगयातको टोलीले वडा नं विभिन्न ठाउँमा स्थानीय रहनसहन तथा भेषभुषको बारेमा छायाकंन गरेको छ । उक्त वृत्तचित्र निर्माणको लािग १५ दिन सम्म टोलि वामी गाउँ विकास समितिका विभिन्न ठाउँहरुमा पुग्ने बताएको छ । साथै बैठकले नागरिक मञ्चका सयोंजकहरुलाई आ आफ्ना् वडामा रहेका धार्मिक पर्यटकीय तथा स्थानीय कला झल्कने खालका विषयवस्तु भए जानकारी गराउन पनि आग्रह गरेको समितिका सचिव नारायण सापकोटाले जानकारी दिनुभएको छ ।

वामी श्रोत केन्द्रले गर्यो बालविकास केन्द्रको अवलोकन

Published on: // ,
सागर भण्डारी
गुल्मी, माघ २३ । वामी श्रोत केन्द्रले आज भगवति प्राथमिक विद्यालय वामी काफलटोलाको बालविकास केन्द्रको अवलोकन तथा सहजकर्ताहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल सरकारको २०७० लाई शैक्षिक सुधार वर्ष बनाउने लक्ष्य अनुरुप बरिष्ठ समाजसेवी कृष्ण प्रसाद काफ्ले एलको अध्यक्षतामा गरिएको अनुगमन कार्यक्रममा श्रोत केन्द्र अन्तर्गत पर्ने २६ वटा विद्यालयका सहजकर्ताहरुको उपस्थिति रहेको थियो । साथै सोही अवसरमै अवलोकन कार्यक्रममा बोल्दै श्रोत केन्द्रका श्रोत व्यक्ति टकंनाथ भण्डारीले यो विद्यालय यस क्षेत्रकै नमुना विद्यालय बन्न सफल भएको भन्दै यस बालविकास केन्द्रले गरेको प्रगतिको अनुसरण गरेर अरु विद्यालयले पनि यस्तै गर्न सकेमा साँच्चिकै शिक्षाको गुणस्तर अभिवृद्धि हुने गुल्मीन्युजलाई बताउनुभएको थियो ।

सोही अवलोकन कार्यक्रममा बालविकास केन्द्रको अवस्थाको बारेमा जानकारी दिँदै विद्यालयका प्रधानाध्यापक तेजनारायण सापकोटाले विद्यालयलाई नै जिल्ला तथा राष्ट्रमा नै नमुना विद्यालय बनाउने कुरामा आफु प्रेरित रहेको भन्दै सुरुवातमा विभिन्न समस्याहरु देखिएपनि विस्तारै समाधान हुँदै जाने बताउनुभएको थियो ।उहाँले यहाँका अभिभावक तथा सम्पूर्णले सहयोग गर्दै आएकोले यो प्रगति सम्भव भएको र नमुना विद्यालय बन्न सफल भएको बताउनुभएको थियो ।
।अन्तरक्रियामा बोल्दै उपस्थित सहजकर्ताहरुले यो विद्यालय साँच्चिकै नमुना विद्यालय रहेको भन्दै आफ्नो विद्यालय पनि यस्तै बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।तर व्यवस्थापन पक्ष कमजोर रहेको उनीहरुको गुनासो रहेको थियो ।कार्यक्रममा विद्यालयकी बालविकास केन्द्रकी सहजकर्ता ईश्वरा काफ्ले शिक्षिका मिना सापकोटा,शिक्षक कुल बहादुर के.सी सामुदायिक रेडियो पुष्पाञ्जलीका समाचार सहायक सागर भण्डारी तथा अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

नेपाली काग्रेस गुल्मी क्षेत्र नं २ र ३ को चुनावी प्रचार तीब्र

Published on: // ,
सागर भण्डारी
गुल्मी, कार्तिक २६ । संविधान सभाको निर्वाचन आउन एक साता मात्रै बाँकी रहँदा नेपाली काँग्रेस गुल्मी क्षेत्र नं २ ले आफ्नो चुनावी प्रचार प्रसार अभियानलाई तिब्रता दिएको छ ।
घरदैलो तथा कार्यकर्ता भेटघाट कार्यक्रममा व्यस्त रहेको काँग्रेसले शुक्रवार देखि मुसिकोट गाउँ विकास समितिका विभिन्न वडाहरुमा चुनावी प्रचार प्रसार अभियानलाई तिब्रता दिईरहेको छ । यसैबिच पार्टीप्रति आस्थावान व्यक्तित्वहरुबीच भेटघाट गर्दै नेपाली काँग्रेसको जित सुनिश्चित रहेपनि आफ्नो पक्षमा भोट पार्नको लागि सबैलाई एकजुट भएर लाग्न पनि आग्रह गरिएको नेपाली काँग्रेस मुसिकोट गाउँ कार्य समिति सभापति अर्जुन सिहं ठकुरीले जानकारी दिनुभएको छ । उक्त चुनावी प्रचार प्रसार अभियानमा राम बहादुर के.सी, शेर बहादुर कार्की, अनिशा के.सी,कर्ण बहादुर रायमाझी लगायतको टोलीले गाउँ विकास समितिको वडा नं १,२,३,४,६,७,र ८ मा चुनावी प्रचार कार्यक्रमलाई समापन गरिसकेको र अब बाँकी वडाहरुमा पनि प्रचार प्रसार कार्यलाई तिब्र पारिएको बताईएको छ । घरदैलो भेटघाट सगैं नेपाली काँग्रेसको चुनाव चिन्ह अकिंत झन्डा तथा ब्यानरहरु पनि वितरण गरिएको बताईएको छ ।
त्यस्तै नेपाली काँग्रेस क्षेत्र नं ३ को चुनावी प्रचार प्रसार अन्तर्गत पौदीअमराई र नेटा गाउँ विकास समितिमा पनि नेपाली काँग्रेसको चुनावी प्रचार प्रसार अभियान तिब्र पारिएको जनाईएको छ ।
नेपाली काँग्रेस पौँदी अमराई गाउँ कार्य समिति सभापति हरिबहादुर थापा,पार्टीका क्रियाशिल सदस्य खडक बहादुर बलामी लगायतको नेतृत्वको टोलीले पौँदी अमराई गाउँ विकास समितिको सबै वडाहरुमा जन कार्यकर्ता भेटघाट सहित प्रचार प्रसारलाई तिब्रता दिईरहेको छ भने सोही टोलीले नेटा गाउँ विकास समितिको पनि वडा नं ३ र ४ वडामा पनि प्रचार प्रसार लगायत कार्यकर्ता भेटघाट कार्यलाई अगाडी बढाईरहेको बताईएको छ ।
साथै भोली पौँदी अमराइमा बृहत आमसभाको आयोजना गरिएको काँग्रेसले जनाएको छ ।
उक्त सभालाई पूर्व सांसद रुद्रमणि भण्डारी नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा बरिष्ठ अधिवक्ता डाक्टर बुद्ध बहादुर थापा सहित युवा नेता शिव के.सी, लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली काँग्रेस गाउँ कार्य समिति पौँदीअमराईले जनाएको छ ।

"देश विकासको सुरुवात काँग्रेसबाट भएको हो, काँग्रेसलाई जिताएर हेर्नुस्": चन्द्र भण्डारी

सागर भण्डारी
गुल्मी, कार्तिक ६ । नेपाली काँग्रेस गुल्मी क्षेत्र नं २ को चुनावी प्रचार प्रसार अभियान अन्तर्गत आज जिल्लाको वामी गाउँ विकास समितिमा कार्यकर्ता भेटघाट तथा कोणसभा सम्पन्न गरेको छ ।
नेपाली काँग्रेस वामी गाउँ कार्य समिति सभापति कृष्ण हरी सापकोटाको अध्यक्षता रहेको कोणसभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा गुल्मी क्षेत्र नं २ का प्रत्यक्ष उम्मेदवार चन्द्र भण्डारीले यस अघि यस क्षेत्रबाट विजयी भएर गएका प्रतिनिधिहरुले यहाँको विकासको लागि केही पहल गर्न नसकेको भन्दै आफुहरु सत्तामा नरहँदा पनि यस क्षेत्रको विकासको लागि अनवरत रुपमा लागिपरेको र पुरानै पार्टीका पुरानै उम्मेदवारलाई भोट दिए सविंधान बन्न नसक्ने स्पष्ट पार्नूभएको थियो ।नेपाली काँग्रेस वामीको विकासको लागि धेरै अगाडी देखि लागी परेको र आगामी दिनमा पनि यस क्षेत्रको विकासको लागि लागिपर्ने बताउनुभएको थियो । त्यस्तै भण्डारीले देश विकासको सुरुवात नेपाली काँग्रेसबाट भएको भन्दै नेपाली काँग्रेसलाई विजयी बनाएर हेर्नुपर्ने बताउनुभएको थियो । यतिबेला देश सघिंयताको नाममा जातियतामा विभाजन हुन गईरहेको भन्दै यस्तो हुन नदिन पनि नेपाली काँग्रेस दत्तचित्त भएर लाग्ने बताउनुभएको थियो ।
त्यस्तै पूर्व सासंद भागवत ज्ञवाली, नेपाली काँग्रेस जिल्ला कार्य समिति उपसभापति भुवन प्रसाद श्रेष्ठ, सचिव विष्णु बलाल, नेपाल तरुण दल जिल्ला अध्यक्ष, खिलध्वज पन्थी, नेपाली काँग्रस भूतपूर्व क्षेत्रिय सभापति मुक्ति कडेंल, नेपाल महिला सघं गुल्मीकी सभापति विष्णु सापकोटा, नेपाली काँग्रेस , क्षेत्र नं २ का क्षेत्रीय सदस्य सुदर्शन शाक्य, लगायतले मन्तव्य व्यक्त गर्दै गुल्मीको विकास हुन नसक्नुका कारणबारे पुरानै पार्टीका पुरानै उम्मेदवारलाई गुल्मी बासीले प्रश्न गर्नुपर्ने भन्दै नेपाली काँग्रेस विकासको पक्षमा रहेको र अहिलेको चुनावमा आफ्नो पार्टीलाई बहुमतले विजयी गराउन पनि आग्रह गर्नुभएको थियो ।त्यस्तै कार्यक्रममा नेपाल विद्यार्थी सघं क्षेत्रीय सभापति नेत्र पाण्डेले समसामायिक चुनावी गतिबिधिलाई समेटेर नेपाली काँग्रेसलाई भोट दिन आग्रह गर्दै गजल समेत प्रस्तुत गर्नुभएको थियो ।
साथै आजै चुनावी प्रचार प्रसार अभियान अन्तर्गत वडा नं ७ को पुरानो गाउँ र ठुलाखर्क, वडा नं ८ को मालारानी, वडा नं ५ को मैदान लगायतका स्थानमा पनि कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा स्थानीय पार्टीप्रति आस्थावान कार्यकर्ताहरु तथा नेपाली काँग्रेसका भातृसगंठनका कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।प्रचार प्रसारको क्रममा वामी बजारमा नेपाली काँग्रेसको चुनाव चिन्ह अकिंत झन्डा सहित वजार परिक्रममा गरिएको थियो । नेपाली काँग्रेस गाउँ कार्य समिति वामीका सचिव डिलाराम खरेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन गाउँ कार्य समिति सचिव तेजेन्द्र बहादुर जि.सीले गर्नुभएको थियो ।

काँग्रेस क्षेत्र नं २ को चुनावी अभियान अन्तर्गत मुसिकोटमा अन्तरकृया

सागर भण्डारी
गुल्मी, कार्तिक ६ । नेपाली काँग्रेस गुल्मी क्षेत्र नं २ को चुनावी प्रचार प्रसार अभियान अन्तर्गत मगंलबार जिल्लाको मुसिकोट गाउँ विकास समितिमा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाली काँग्रेस मुसिकोट गाउँ कार्य समिति सभापति अर्जुन सिहं ठकुरीको सभापतित्व रहेको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली काँग्रेस गुल्मी क्षेत्र नं २ का प्रत्यक्ष उम्मेदवार चन्द्र भण्डारीले देश विकास सुरुवात नेपाली काँग्रेसबाट भएको भन्दै नेपाली काँग्रेसलाई विजयी बनाएर हेर्नुपर्ने बताउनुभएको थियो । त्यस्तै भण्डारीले नेपाली काँग्रेस आफ्नो देश आफै बनाऔँ भन्ने अभिप्रायका साथ अगाडी बढेको भन्दै यतिबेला देश जातिय द्धन्द तर्फ उन्मुख हुँदै गईरहेको र जातिय मुक्तिबाट कसरी मुक्ति हुने भन्ने तर्फ लाग्नुपर्ने बताउनुभएको थियो । त्यस्तै कार्यक्रमका विशेष अतिथि तथा नेपाली काँग्रेस जिल्ला कार्य समिति सभापति चन्द्र के.सीले काँग्रेस काम गरोस भन्ने पार्टी रहेको र अहिलेको निर्वाचनमा काँग्रेसले बहुमत ल्याउन नसके कुनै पनि हालतमा सविंधान बन्न नसक्ने ठकुवा समेत गर्नुभयो ।
कार्यक्रममा पूर्व सासंद भागवत ज्ञवाली, नेपाली काँग्रेस जिल्ला कार्य समिति उपसभापति भुवन प्रसाद श्रेष्ठ, सचिव विष्णु बलाल, नेपाली काँग्रेस क्षेत्र नं २ का क्षेत्रिय सभापति अशोक थापा, नेपाल तरुणदल जिल्ला अध्यक्ष, खिलध्वज पन्थी, नेपाली काँग्रस भूतपूर्व क्षेत्रिय सभापति मुक्ति कडेंल, नेपाल महिला सघं गुल्मीकी सभापति विष्णु सापकोटा,नेपाल महिला सघं तम्घास गाउँ कार्य समिति सभापति अमृता कुँवर, नेपाली काँग्रेस क्षेत्र नं २ का क्षेत्रीय सदस्य राम बहादुर के.सी लगायतको उपस्थिति रहेको थियो । साथै उक्त टोलीले मुसिकोट ८ मा रहेको नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयको अवस्थाको बारेमा अवलोकन पनि गरेको छ । अवलोकन क्रममा विद्यालयको भौतिक अवस्था प्रति दुख व्यक्त गर्दै सुधारको लागि पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो ।
स्थानीय युवा रामप्रसाद आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सुवास खत्रीले गाउँको विकासको अवस्था तथा अव गर्नु पर्ने पहलका बारेमा जानकारी गराउनुभएको थियो ।भने कार्यक्रमको सत्तचालन गाउँ कार्य समिति सचिव मुसिकोटका सचिव तेजबहादुर महतले गर्नुभएको थियो ।

नेकपा एमाले क्षेत्र नं २ को चुनावी प्रचारप्रसार अभियान अन्तर्गत वामीमा कार्यकर्ता भेटघाट

Published on: // ,
सागर भण्डारी
कार्तिक ४, गुल्मी । नेकपा एमाले गुल्मी क्षेत्र नं २ को चुनावीप्रचार प्रसार अभियान अन्तर्गत आईतबार वामीमा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
नेकपा एमाले गाउँ कमिटि वामीका अध्यक्ष नारायण सापकोटाको अध्यक्षता रहेको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा गुल्मी क्षेत्र नं २ का प्रत्यक्ष उम्मेदवार एवं पूर्व सासदं प्रदिप कुमार ज्ञवालीले नेकपा एमालले २०४६ साल देखि लिएर ६२-६३ को जनआन्दोलनमा लोकतन्त्रको पक्षमा बोलिदान दिँदै आएको भन्दै राष्ट्रियता जोगाउनको लागि नेकपा एमालेको नेतृत्वक आवश्यक रहेको कुरामा स्पष्ट पार्नुभएको थियो ।
त्यस्तै उहाँले आहिलेको दोस्रो निर्वाचन सगै मुलुकमा रहेका केही पक्षहरुबीच सघंर्ष चलेको र अहिलेको चुनाव सामान्य रुप नभई मुलुक एकताबद्ध हुने वा जातिय विघटन तर्फ जाने भन्ने कुराको फैसला हुने भन्दै अझै पनि केही शक्तिहरु जतियतको आधारमा सघिंयता बनाउनुपर्ने पक्षमा रहेको र कुनै पनि हालतमा जातियताको आधारमा सविंधान निर्माण हुन नसक्ने ठोकुवा समेत गर्नुभयो । थप बोल्दै ज्ञवालीले विगतको चुनावमा पनि वामीबासीहरुले  माया, विश्वास र साथ दिएको भन्दै आगामी दिनमा पनि यस्तै साथको आशा गरेको र उक्त साथको कदर गर्दै आफुले शरण गर्ने बताउनुभएको थियो ।
कार्यक्रममा निर्वाचन परिचालन समिति सदस्य खडक बहादुर के.सी, नेकपा एमाले जिल्ला कमिटी सचिव सोमनाथ सापकोटा, नेकपा एमाले क्षेत्रीय कमिटी सदस्य अग्नीधर लोहनी, जेष्ठ कम्युनिष्ठ लिग गुल्मीका सदस्य राम प्रसाद श्रेष्ठ, गाउँ कमिटी सदस्य हरिहर सापकोटा चुनाव प्रचार प्रसार समिति वामीका सयाेंजक चुरामणी सापकोटा लगायत स्थानीय पार्टी प्रति आस्थावान व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।साथै कार्यकर्ता भेटघाट पश्चात आझै नेकपा एमालेको चुनाव चिन्ह अकिंत झन्डा सहित वामी बजार पििरक्रमा गरिएको थियो । निर्वाचन परिचालन समिति वामीका सयोंजक महेश जि.सीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन नेकपा एमाले क्षेत्रिय कमिटी सदस्य प्रकाश काफ्लेले गर्नुभएको थियो ।

वडागाँउ र मुसिकोट जोड्ने ग्रामिण मोटरबाटो सञ्चालनमा, स्थानीयहरु हर्षित

सागर भण्डारी
आश्विन २५, गुल्मी । गुल्मीको वडागाउँ गाउँ विकास समितिको नौबिसे देखि मुसिकोट गाउँ विकास समिति वडा नं ६ को रातचौर बगुवा र कालिरह जोड्ने मोटरबाटोको बिचबिचमा गएको पहिरो आज हटाई मोटरबाटो सञ्चालन गरिएको छ ।

बर्षा लाग्नु भन्दा अगावै स्थानीयबासी तथा युरोपमा रहेका प्रवासीहरुको आर्थिक सहयोगमा डोजरको सहायताले खनिएको मोटरबाटो वर्षा लागेसगैं बिचबिचमा पहिरो गएको तथा बर्खे भेलले खाल्डाखुल्डी पुरेपछि विगत ३ महिना अघि देखि अवरुद्ध भएको थियो । तर आश्विन २१ गते देखि मोटरबाटो उपभोक्ता समितिका पदाधिकारी तथा स्थानीयहरुको सक्रियतामा डोजरको सहायताले पहिरो हटाए पछि आजबाट सञ्चालनमा आएको हो ।

साथै विजया दशमीलाई मध्यनजर गर्दै स्थानीय लगायत वैदेशिक रोजगारमा गएका व्यक्तिहरुलाई सहज होस भन्ने हेतुका साथ बाटो सरसफाई गरिएता पनि सवारीसाधन भने औपचारिक रुपमा उद्घाटन गरिसकेपछि मात्रै नियमित रुपमा सञ्चालन गर्ने मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष जनक बहादुर खत्रीले जानकारी दिनुभयो । उक्त मोटरबाटो सञ्चालनमा आएसगैं मुसिकोट वडाबासी वामी लगायत छिमेकी जिल्ला बागलुङको दगातुम्डाँडा, ग्वालिचौर, रिघा, सिसाखानी, लगायतका गाउँ विकास समितिका सर्वसाधारणहरु प्रत्यक्ष लाभान्वित भएका छन् । गाउमाँ मोटरबाटो पुगेपछि सवारीसाधन पशुचौपाया तथा मानिसहरु आवतजावत मात्रै नभएर स्थानीय रुपमा उत्पादित विभिन्न कृषि उपजहरु बजार सम्म पुर्याउन पनि सहज भएको स्थानीय बासीको भनाई रहेको छ ।
भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग