Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एमालेका गाउँ कमिटी सचिव एमाओवादीमा

Published on 1:03:00 AM //

प्रेम सुनार
कार्तिक ७, गुल्मी । नेकपा एमाले पुर्कोटदह गाउँ कमिटी सचिव डोरबहादुर पुन आज एकिकृत नेकपा माओ्वादीमा प्रवेश गरेका छन् । आज म्यालपोखरी गाविसमा आयोजित सो पार्टीको १२ नम्वर ईलाका बैठकमा एमाले सचिव पुन प्रवेश गरेका हुन् । उनलाई सो ईलाका ईन्चार्ज बेगमबहादुर चन्द ( मनोज ) ले अविरले स्वागत गर्दै पार्टी प्रवेश गराएका थिए । उनि सहित १३ जना एमाले कार्यकर्ता एकिकृत नेकपा माओवादीमा प्रवेश गरेको सो ईलाकाले जनाएको छ । यस अघि पुर्कोटदह एमाले पुर्व गाउँ कमिटी सचिव उमानाथ घिमिरे एमाओवादीमा प्रबेहश गरेका थिए ।
ईलाका बैठकले विभिन्न निर्णयहरु गरेको छ । ईन्चार्ज चन्दका अनुसार कार्तिक २१ गते भनभने ेर पुर्कोटदको संयुँक्त चुनावी सभालाई उमेदवार वामदेव क्षेत्रीले सम्वोधन गर्ने गर्ने भएका छन् । २२ गते म्यालपोखरी र मलागिरीमा एकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य एवं पुर्व मन्त्री टोपबहादुर रायमाझीले सम्वोधन गर्ने छन् । २३ गते अग्लुङ्गमा , २४ गते बाँझकटेरीमा र २५ गते सिर्सेनीमा उमेदवार क्षेत्रीले सम्वोधन गर्नेछन् ।
१२ ईलाकाले ११३ सदस्यीय वाईसियल ईलाका कमिटी गठन गरेको छ । उसले संयुक्त युवा परिचालन समिति समेत गठन गर्ने वाईसियल ईलाका संयोजक नारायण चन्दले बताए । बैठकले कार्तिक १२ देखि १६ गते सम्म त्यस ईलाका अन्तर्गतका सात वटै गाउँ कमिटी र त्यसका जन वर्गिय संगठनहरु चुस्त पार्ने निर्णय गरेको ईन्चार्ज बेगमबहादुर चन्दले बताए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग