Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बिगतमा सबिधान बनाउन सकेनौ अब पक्कै बनाउछौ

Published on 6:38:00 PM //

कृष्ण बिसी 
नवलपरासी, कार्तिक ११ । कुनै समय नेताको बोली सुन्न र समस्या सुनाउन राजधानी पुग्नुपर्दथ्यो । नेताको बोलीको भरमा जनताहरु बिकास निर्माणको काममा भरोसामा राख्ने गर्दर्थे । बिशेष गरी सबिधानसभाको निर्वाचनमा मात्र बिभिन्न राजनैतिक दलका नेता जनताको घरदैलोमा पुग्ने गर्छन । अहिले पनि दोस्रो सबिधानसभाको निर्वाचन नजिकिदै गर्दा राजनैतिक दलको व्यस्तता पनि बढेको छ । राजनैतिकदलहरुको व्यस्तता सगै
नवलपरासी क्षेत्र न ३ का बिभिन्न राजनैतिक दलका उम्मेद्धवारहरुका बिचमा जनताले आज प्रत्यक्ष सवांद गरेका छन । सामुदायिक रेडियो दाउन्ने १०३ दशमलब ४ मेगार्जको आयोजनामा जनता सग उम्मेदवार बिषयक अन्र्तसवांद कार्यक्रममा
जनताहरुले उम्मेदवार समक्ष सवांद गरेका हुन । 
दाउन्ने पार्टी प्यालेसको हलमा सञ्चालन गरिएको उक्त कार्यक्रममा क्षेत्रन ३ का एकिकृत नेकपा माओवादीका उम्मेदवार सिता बौडेल,नेपाली कェग्रेसका उम्मेदवार कृष्णचन्द नेपाली,नेकपा
एमालेका उम्मेदवार कृष्ण पौडेल,राप्रपाका उम्मेदवार बिष्णु अ्िधकारी,रा ष्टिォय जनमुक्ती पार्टीका उम्मेदवार कर्ण बहादुर सुनारी मगर,राष्टिय जनमोर्चाका बिकाराम चौधरी ,सघियसमाजबादी का उम्मेदवार फुल कुमारी पुर्जा मगर समक्ष जनताहरुले क्षेत्र न ३ मा भएका बिकास निर्माण र चुनावी घोषणापत्र,बिगतका आश्वासन लगाएतका बिषयमा सहभागीहरुले जिज्ञासा राखेका थिए
कार्यक्रममा सहभागिहरुले बिगतमा सबिधान बन्न नसकेको भन्दै यो पल्ट पनि सबिधान नबने यस्को जिम्मेवार कस्ले लिने भनेर प्रश्न गरेका थिए । सवांद
कार्यक्रममा सोधिएका प्रश्नहरुको जवाफ दिदै माओवादी उम्मेदवार सिता बौडेलले परिर्वतनको लागी काम गर्ने पार्टी एकिकृत माअेवादी मात्र रहेको
बताउनुभयो । सोही कार्यक्रममा बोल्दै कェग्रेस उम्मेदवार कृष्णचन्दォ नेपालीले माओवादी ठुलो पार्टी भएर सबिधानसभामा गएर जनतालाई बिर्सेको आरोप लगाउनुभयो । 
त्यस्तै कार्यक्रममा एमालेका उम्मेदवार कृष्ण पौडेलले २०४६ सालको सबिधानलाई उत्कृष्ट भन्ने नेपाली कェग्रेसले सबिधानसभाको एजेन्डा मेरो हो भन्नु हास्यदपद रहेको टिप्पणी गर्नुभयो । कार्यक्रममा राप्रपाका बिष्णु अधिकारीले ६०१ जनाले सबिधान लेख्नुभन्दा पहिलै सबिधानभित्रका
अन्र्तबस्तुलाई विवादमा ल्याउदा सबिधान बन्न नसकेको बताउनुभयो । कार्यक्रममा क्षेत्र न ३ का जनताहरुको सहभागिता रहेको थियो । सवांद कार्यक्रममा रेडियोका स्टेशन म्यानेजर शालिराम कोईरालाको स्वागत मन्तब्य राख्दै कार्यक्रमको औचित्य माथी प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सञ्चालन रेडियो दाउन्नेका कार्यक्रम प्रमुख कृष्ण बिसी र प्राबिधीक प्रमुख अर्जुन सापकोटाले गर्नुभएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग