Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

‘मुलुकको निकासका लागि एमालेको बहुमत आवश्यक’

Published on 6:19:00 PM //

घनश्याम गौतम 
गुल्मी– मुलुकको निकासका लागि नेकपा एमालेको बहुमत आवश्यक भएको एमाले प्रचार विभाग प्रमुख प्रदिप ज्ञवालीले बताएका छन् ।
निर्वाचन क्षेत्र नं. २ का प्रत्यक्ष उम्मेदवार नेता ज्ञवालीले दरबार देविस्थान र अमरअर्वाथोकको चुनावी सभामा बोल्दै एमालेको ९ महिने सरकारले ल्याएका नीति तथा कार्यक्रमहरुकै आधारमा देश अगाडी बढीरहेको उल्लेख गर्दै अहिले पनि त्यस्तै नीति र संविधानका लागि एमालेको बहुमत आवश्यक भएको बताएका हुन् । ‘एमालेको आप्mनो गाउ“ आपैmं बनाउ“ अभियान देखि बृद्धभत्ता, विधवा भत्ता, सुकुम्बासी समस्या समाधान जस्ता कार्यक्रम अभैm निरन्तर छन’, नेता ज्ञवालीले भने, ‘अहिलेको निर्वाचन संविधान लेख्नका लागि पनि त्यस्तै दुरगामी प्रभाव पार्ने गरी मुलुकलाई निकास दिनु जरुरी छ, त्यसका लागि एमालेको बहुमत आवश्यक छ ।’
दश वर्षे जनयुद्धबाट शान्ति प्रकृया स्थापना र २०६४ को निर्वाचनपछि शान्ति प्रकृयालाई पूर्णता प्रदान गर्न एमालेले उल्लेख्य भूमिका निर्वाह गरेको ज्ञवालीले बताए । ‘२०६४ को निर्वाचनमा एउटा पार्टी हतियार सहितको सेना राखेर चुनावमा होमिएको थियो’, नेता ज्ञवालीले भने, ‘यो निर्वाचनपछिको कार्यभार भनेको सहमती हुन नसकेका विषयबस्तुहरुमा सहमति जुटाएर संविधान लेख्नु मात्र हो ।’ चुनावी सभाका अवसरमा दरबार देविस्थान–६ जोर्तेपोखराबाट कर्णबहादुर कार्कीको नेतृत्वमा ७६ घरपरिवारका झण्डै ३ सय मतदाता र ९ को रानापोखराबाट ध्रुब शाहीको नेतृत्वमा १६ जना युवा कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेको जिल्ला सदस्य अशोक श्रेष्ठले बताए ।  
त्यस्तै क्षेत्र नं. ३ का एमाले उम्मेदवार गोकर्ण विष्टले पनि सोमबार पौंदीअमराईमा भएको चुनावी सभालाई सम्बोधन गर्दै एमालेको अगुवाईमा मात्र लोकतान्त्रिक संविधानका निर्माण हुन सक्ने बताएका छन् । पूर्व उर्जा मन्त्री समेत रहेको नेता विष्टले जनताको विचारलाई समेटेर निर्माण गरिने संविधानका लागि आप्mनो अमुल्य मत दिएर एमालेलाई दुई तिहाई बहुमत दिन उनले आग्रह गरे । ‘आप्mनो भाग्य आपैmले कोर्ने सौभाग्य मिलेकोले एमालेलाई बहुमत दिएर त्यसको सदुपयोग गर्नुहोला’, उनले भने, ‘तपाईको सहयोगलाई एमालेले लोकतान्त्रिक संविधान निर्माणमा लगाएर तपाईको र मुलुकको हितमा प्रयोग गर्ने छ ।’  

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग