Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विद्युतको भाषण चर्को बत्ति मधुरो

Published on 6:52:00 PM //

प्रेम सुनार
कार्तिक १०, गुल्मी । यतिबेला गुल्मीको क्षेत्र नम्वर ३ मा प्राय हरेक दलले त्यहाँ विद्युत योजना मेरै दलको पहलमा ल्याएको भनेर चर्को चर्को चुनावी भाषण छाट्ने गरेका छन् तर विद्युत भने टुकी बत्ति नबाली नहुने अवस्थामा रहेको छ ।
 त्यस क्षेत्रका विभिन्न गाविसमा सुचारु भएको सामुदायिक विद्युतिकरणको बत्ति यति मधुरो छ कि मुुस्कीलले मोवाईल चार्ज सम्म भए पनि साँझमा टुकी बत्ति बालेर जनताले एकातिर विद्युतको मासिक शुल्क र अर्कोतिर मट्टितेलको दोहरो खर्चमा पर्ने गरेका छन् । जनताबाट २० प्रतिशत र सरकारबाट ८० प्रतिशत रकम लिएको ५ वर्ष पछि अर्जै अमरपुर गाविसमा चुनावको मुखमा केहि दिन अघि सामुदायिक विद्युतको बत्ति बोल्यो तर उज्यालो भने छैन् ।
‘अढाई महिना भयो अर्जै अमरपुरमा बत्ति बल्न सुरु गरेको त्यस योजनाका अध्यक्ष लक्ष्मण पराजुलीले भने–‘एक त बत्ति नै आउँदैन कतानि आए पनि उज्यालो छैन् साह्रै मारमा परियो, मिडीयाले यो कुरा उठाई दिनु प¥यो । ’ उनका अनुसार तिन फेज मध्ये तिन वटैमा समान रुपले विधुत आउँदैन जसले गर्दा एक घरमा बत्ति बोल्यो भने अर्को घरमा बोल्दैन् । ‘ठेकेदार सागर कुँईकेलको लार्पावाहीका कारण सुरु गरेको पाँच वर्षपछि बत्ति त वोल्यो तर सधै अँध्यारोमा छौं’उनले भने –‘बत्ती आयो भनेर टुकी थन्काएका यहाँका जनता दशै भरी अँध्यरोमा बसे अहिले पनि अवस्था उस्तै छ । ’
गत असार देखि बत्ति बल्न सुरु गरेको धुर्कोट रजस्थल गाविसका जनताले पनि त्यही अवस्था भोगिरहेका छन् । ‘पाँच वर्षपछि असारमा विद्युत आयो तर बत्ति बाल्न पाएका छैनौ अझ झन गरिवले त वाल्नै पाएका छैन्नन धुर्कोट रजस्थल ७ का ज्ञानबहादुर कार्कीले भने भने –‘बत्ति त बलेन नै हिसाव किताव समेत कहाँ के कति छ त्यो समेत समितिले सार्वजानिक गर्न सकेको छैन् ।’ सोही वडाकी कविता पाण्डे पनि विद्युत आयो भन्ने दिन देखि बत्तिको उज्यालो नपाएको गुनासो गर्छिन् । भन्छिन् –‘पटक पटक गरेर ५२ सय रुपैयाँ बुझाएको हो अहिले बत्ति बाल्न नपाए पनि माहिनै पिच्छे महशुुल तिर्न र टुकी बत्तीको खर्चमा पनु परेको छ  । ’
दुई वर्ष अघि देखि बत्ति बल्न सुरु गरेको हाडहाडे गाविस वडा नम्वर १ को अवस्था पनि उस्तै छ ।  ‘ ल हेर्नुस् मोवाईल चार्ज समेत मुस्कीललले हुन्छ तर साँझमा टुकी नावाली हुँदैन् स्थानियवासी चन्द्रमणी फुल्देलले भने–‘ दुई वर्षदेखि विद्युत महशुुल र मट्टि तेलको दोहोरो मारमा परेका छौं । ’ हाडहाडे सामुदायिक विद्युत निर्माण समितिका अध्यक्ष तुलाराम पाण्डे भन्छन् बत्ति बाल्नका लागि धेरै लगानी लगाईयो तर बत्ती बाल्न पाईन् । केहिले विुद्युत प्राधिकराणमा धाईयो कहिले सामुदायिक विद्युतका मान्छेलाई गुहारियो तर कतैबाट सुनुवाइ भएन् ’उनले भने–‘ यसलाई दलहरुले गम्भीर रुपले लिन जरुरी छ ’
वस्तु, हस्तीचौर, ईस्मा रजस्थल, दोहली, पौदी अमराई, जैसीथोक नेटा गाविसको केहि वडामा बलेको बत्तीको अवस्था पनि प्राय उस्तै छ ।
क्षेत्र नम्वर ३ को सामुदायिक विद्युतको अवस्था यसो हुनको मुख्य कराण वस्ुतुस्थित शव स्टेशन निर्माण कार्य अल पत्र पर्नु हो । पाँच वर्ष अघि देखि निर्माण कार्य सुरु गरेपनि ठेकेदारको चरम लापबाहीबाट बनेको एउटा आवास भवन सम्पन्न नहुँदै भत्कीन सुरु गरेको छ भने शव स्टेशन भवन बनाउने थात थलो छैन् । विरवासमा रहेको शव स्टेशनबाट त्यति टाढा विद्युत लैजाँदा त्यो अवस्था आएको सामुदायिक विद्युतिकरण महासंघ र विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रले बताउँदै आएको छ ।  
स्थानियवासीले ठेकेदार को हो भन्ने कुरा समेत थाह पाउन सकेका छैनन् । बनेको तिन तले भवनका तलाहरुमा गरिएको ढलान वगरको वालुवा झै हातले खोर्सीदा मुठीमा आउँछ । माथीको छत पुरै वगर झै रहेको छ । गारो ठाउँमा चर्किएको छ ।  त्यस भवन निर्माण कार्यमा चरम लापबाही भएको समचार आएपछि राष्ट्रिय सर्तकता केन्द्रका प्रमुख सहितको टोली अनुगमनमा आई चरम लापर्बाही भएको ठहर गरेर फर्किएको थियो ।
 तर यतिका महिना सम्म पनि निज ठेकेदारलाई कार्बाही नहुनुमा कुनै दलको संरक्षण रहेको स्थानियवासीले आसंका गरेका छन् । त्यसमा तिन प्रमुख दलका नेताहरुले चुनावी भाषणमा एकले अर्कोलाई दोषारोपण गर्दै आएका छन् ।  
यसरी एकले अर्कोलाई दोषा रोपण गरेपनि सामुदायिक विद्युती करणमा जहाँ पनि चरम लापर्बाही गरी रहेका ठेकेदारहरुले उन्मुक्ती पाउनुमा दलहरु पनि केहि हद सम्म जिम्मेवार रहेको सर्व साधरणको गुनासो छ ।


भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग