Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जातिय मुक्ती समाज जिल्ला सचिवालय गुल्मीको बैठक सम्पन्न

Published on 12:01:00 AM //

अनिल खत्री
गुल्मी, कार्तिक ६ । नेकपा एमाले जिल्ला पार्टी कार्यलय मदन आश्रीत स्मृती भवन तम्घासमा उत्पीडित जातिय मुक्ती समाज जिल्ला सचिवालय गुल्मीको बैठक सम्पन्न भएको छ । बैठकले आगामी मंसिर ४ मा सम्पन्न हुनगइरहेको संबिधान सभाको दोस्रोनिर्वाचन मार्फत दलित समुदायको हित तथा अधिकार रक्षा र संबिधानमा संस्थागत गर्न नेकपा एमालेलाइ गुल्मीका ३ वटै क्षेत्रमा अत्याधिक बहुमतका साथ बिजय गराउन सम्पुर्ण शक्क्ती केन्द्रित गर्ने निणर्य गरेको छ । चुनावी अभियान सफल बनाउन क्षेत्र नं.१ मा धनेन्द्र बिश्वकर्मा , क्षेत्र नं.२ मा कृष्ण सुनार र नारायण बराल क्षेत्र नं.३ मा दल बहादुर बिश्वकर्मा र छबिलाल बिश्वकर्माको नेतृत्वमा अभियान सम्पन्न गर्न बिशेष जिम्मेवारी तोकेको छ । बैठक जिल्ला अध्यक्ष दल बहादुर बिश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग