Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बाँझकटेरी माबीमा नेविसंघको गठन

Published on 12:01:00 AM //

संगिता कुवँर
गुल्मी, कार्तिक ०६ । बाँझकटेरी माध्यमिक विद्यालय बाँझकटेरी गुल्मीमा नेपाल विद्यार्थी संघको मूल एकाई समिति गठन भएको छ । जहाँ विद्यालय त्यहाँ नेविसंघ भन्ने नाराका साथ सुनिल जिएमको सभापतित्वमा ७५ सदस्यीय नेपाल विद्यार्थी संघको गठन गरिएको हो । समितिको उपसभापतिमा सीता केसी, सचिवमा प्रकाश केसी, सह सचिवमा सुदन केसी, कोषाध्यक्षमा सुमित्रा भुसाल, सहकोषाध्यक्षमा शालीकराम भुसाल लगायत अन्य सदस्यहरु रहनुभएको छ । विद्यालयमा आज एक कार्यक्रम सम्पन्न गरेर नेविसंघको गठन गरिएको हो । पश्चिमाञ्ल ईन्जिनियरीङ कलेजका नेविसंघ उपसभापति दीपेन्द्र भट्टराईको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रदीप बोहोराको सभापतित्व रहेको थियो भने जितेन्द्र सेनको संचालन रहेको त्यहाँबाट कपील कुँवरले जानकारी दिनुभयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग