Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एमाओबादी गुल्मीको तेश्रो चरणको चुनावी अभियान सुरु

Published on 4:51:00 PM //

प्रेम सुनार
असौज १९, गुल्मी । एकिकृत नेकपा माओवादी गुल्मीले आज शनिवारदेखि तेश्रो चरणको चुनावी अभियान सुरु गरेको छ । उसले आज क्षेत्र नम्वर ३ को हस्तीचौर गाविसकाट चुनावी अभियान सुरु गरेको हो । अभियनमा ३ नम्वर क्षेत्रका एमाओवादी उमेदवार वामदेव क्षेत्री अर्का केन्द्रिय सदस्य दिनेश पन्थी र क्षेत्रिय संयोजक बुद्धि जि.सी. लगायतका नेताहरु सहभागि भएका छन् ।
अभियानका क्रमममा जन सुमदाय विचमा अन्तरकृया गर्ने, आगमी संविधान सभाको महत्वबारे उहाँहरुलाई बुझाउने र जनताको हितमा कस्तो संविधान आवस्यक छ त भन्ने विषण्माा राय सुझाव लिने कार्यक्रम रहेको सो पार्टीका प्रचार विभाग प्रमुख समेत रहेका जि.सीले जानकारी गराए ।
उनका अनुसार आज हस्तीचौर ७ को कुमाल समुदायको वस्तीमा भएको कार्यक्रममा वुद्धि रानाको नेतृत्वमा सो गाउँका एक सय जना भन्दा बढि कुमाल समुदायका कार्यकर्ता विभिन्न पार्टी परित्याग गरी एकिकृत नेकपा माओवादीमा प्रवेश गरेका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग