Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुई सातासम्म विद्युत अवरुद्ध, सर्वसाधारणहरु अँध्यारोमा बस्न वाध्य

Published on 4:57:00 PM //

जनार्दन घिमिरे
गुल्मी, १९ असोज । लामो समय सम्म बिद्युत सेवा अबरुद्धहुँदा गुल्मीको अर्खले गाविसका दुई वार्डका जनताहरु चाडवाडको समयमा पनि अध्यारोमा वस्न वाध्य वनेका छन् । गत दुई सातादेखि अर्खले गाविस अन्र्तगत ५ र ६ वार्डमा अवरुद्ध वनेको बिद्युत सेवा सुचारु हुन नसकेका कारण स्थानीय जनताहरुले यस्तो समस्या भोग्नु परेको हो । अवरुद्ध वनेको विद्युत सुचारु गर्न नेपाल विद्युत प्राधिकरण गुल्मीले खासै चासो नदिएको स्थानीयहरुको गुनासो छ । बिद्युत सेवा अबरुद्ध बनेपछि सो गाविस अन्र्तगत सेउघा र जोगिथुमका करिव २ सय घरधुरी परिवारले मोवाईल चार्ज गर्नकालागि नजिकका छिमेकि वार्ड र सदरमुकामसम्म धाउन वाध्य छन् ।
लामो समयसम्म बिद्युत सुचारु नभएपछि स्थानियवासीले नेपाल बिद्युत प्राधिकरण गुल्मीमा जानकारी गराए पनि मर्मत कार्यमा ढिलाइ गरेको दुखेसो गरेका छन् । नेपाल बिद्युत प्राधिकरण गुल्मीका प्रमुख सुरेन्द्र चौधरीले भने उक्त स्थानमा रहेको टान्सफर्मर बिग्रीएको र मर्मतको लागी भैरहवा पठाईसकेको हुँदा मर्मतमा ढिलाई भएकोे वताउनु भएको छ । अवरुद्ध विद्युत केही दिनमै सुचारु हुने उहाँले जानकारी दिनु भएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग