Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

माओवादीको सभालाई मान्छे ओसार्न पुगेको गाडीमा आगजनी, यात्रुले भागेर ज्यान जोगाए

Published on 8:01:00 PM //

रेडियो परिवर्तन
बागलुङ, कार्तिक १४ । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आज बागलुङ सदरमुकाममा आयोजना गरेको  चुनावी आमसभामा मानिस ओसार्न प्रयोग गरिएको बसमा गएराति  अपिरिचित व्याक्तिहरुको समुहले आगजनी गरेको एकीकृत नेकपा माओवादी बागलुङले जनाएको छ .

बागलुङ सदरमुकाम देखी पश्चिममा रहेको बिहुँ गाविस वडा नं ४ पीँडाल्ना भन्ने थानमा बसमा यात्रुहरु भैरहेको अवस्थामा मुखमा नकाव लगाएका १२-१५ जनाको समुहमा आएका अपरिचित व्यक्तिहरुले घ १ ख ५४० नंबरको बसमा आगो लगाएको प्रत्यक्षदर्शीले बताएका छन् । बसको अगाडीको सिसा फोडी आगो लगाइएको थियो ।

आज हुने आमसभालाई आफना कार्यकर्ताहरु ओसार्न बिहुँ गैरहेको उक्त बसभित्र आगलागीको समयमा चालक र बसका कामदार २ जना सहित ८ ÷ १० जना रहेको बताईएको छ । बसमा आगो लगेपछी बसमा रहेका सबै भागेर ज्यान जोगाएको  सोही बसमा सवार एमाओवादी कार्यकर्ता चिरिन्जीवी कँडेलले बताउनुभएको छ । बसबाट निस्केर भाग्ने सिलसिलामा नवीन कँडेल सहित केहि  संपर्क विहीन रहेको एकीकृत नेकपा माओवादीले जनाएको छ । आगजनी पछि वस पुरै जलेर खरानी भएको बताइएको छ ।

यसैवीच अमरभूमी गाविसमापनि बुधबार राति नै अज्ञात समुहले एक पीकअप जीपमा आगजनी गरेको छ । १२÷१५ जनाको समुहमा आएको अज्ञात समुहले जीपमा आगो लगाएको प्रहरीले बताएको छ । आगजनीबाट जीप पूर्णत ध्वस्त बनेको छ ।

घटना कसले गराएको भन्ने विषयमा थाहा नभएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । स्मरणिय छ, प्रचण्डको कार्यक्रमलाई लक्षित गरी नेकपा माओवादीले आज बागलुङमा यातायात बन्दको घोषणा गरिसकेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग