Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वालिका वलात्कार अभियोगमा दुई पक्राउ

Published on 8:02:00 PM //

प्रेम सुनार
कार्तिक १४, गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले केहि दिन अघि विशुखर्कमा वालिका वलत्कार गर्ने एक युवा र दिगाममा पनि वालिका वलत्कारको उद्योग गर्ने एक पाको पुरुषलाई पक्राउ गरेको छ ।
कार्तिक ४ गते राती करिव २ वजेको समयमा विशुखर्कमा १४ वर्षिया सितामायाँ (नाम परिवर्तन) लाई वलत्कार गरेको अभियोगमा विशुखर्क ३ का २५ वर्षिय राजु सार्कीलाई पक्राउ गरिएको प्रहरी निरक्षक राजेन्द्रप्रसाद श्रेष्ठले बताए । त्यस्तै कार्तिक ५ गते साँझ करिव पाँच वजेको समयमा वर्ष १० कि गिता (नाम परिवर्तन) लाई दिगामको गाईछेक्ने जंगलमा वलत्कार उद्योग गरेको अभियोगमा प्रहरीले दिगाम ३ का ४४ वार्षिय मनिराम भण्डारीलाई पक्राउ गरिएको श्रेष्ठले बताए ।
ति दुवै पिडित पक्षको उजुरी आएपछि निजहरुलाई हिरासतमा लिई कार्बाही प्रकृया अगाडी बढाईएको श्रेष्ठले जानकारी गराए । जिल्लामा वालिका बलत्कारका घटनामा बृद्धि भएको छ । केहि महिना अघि बडागाउँमा एक पुरुषले आफ्नै ११ वािर्षया वालिका छोरीलाई बलत्कार गरेका थिए ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग