Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

निर्वाचन खर्च नहुँदा आफन्त गुहारिन् मैना भण्डारीले

Published on 2:00:00 AM //

गुल्मी–१ की एमाले उम्मेदवार मैनाकुमारी भण्डारी (५४) ले पनि निर्वाचन खर्च अभाव भएपछि घरदैलो गरेर प्रचार गरिरहेको हिमाल खबर पत्रीकाले समाचार छपेको छ । गत भदौमा श्रीमानको मृत्यु भएपछि घरको आर्थिक अवस्था अरू कमजोर बनेको बताउने उनले निर्वाचन खर्चका लागि जापानमा रहेका आफन्त गुहारेकी छिन् । भण्डारीलाई निर्वाचनको पोस्टर, पम्पलेट छाप्न एमाले गुल्मी–काठमाडौं सम्पर्क मञ्च, अखिल नेपाल महिला संघ, एमालेको भारत प्रवासले सहयोग गरेको समेत हिमाल खबर पत्रीकामा खबर छ ।
२०३७ मा पोखराको पीएन क्याम्पसमा पढ्दा विद्यार्थी राजनीति शुरू गरेकी उनी एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य, अखिल नेपाल महिला संघको केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी अञ्चल इन्चार्ज हुन्। २०६४ को निर्वाचनमा उनलाई पराजित गरेका एमाओवादीका सुदर्शन बराल मगर र कांग्रेसका डा. कृष्णबहादुर छन्तेल उनको प्रतिस्पर्धी छन्।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग