Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

संबिधान सभाको चुनाव संघियता पक्षधर र संधियता बिरोधीहरुको बिचको चुनाव: राना

Published on 12:28:00 AM //

अनिल खत्री
गुल्मी, आश्विन २२ । राष्ट्रिय जनमोर्चा गुल्मीका अध्यक्ष जिवन रानाले अहिलेको संबिधान सभाको चुनाव संघियता पक्षधर र संधियता बिरोधीहरुको बिचको चुनाव हुने बताउँदै देशको राष्ट्रिय सार्वभौम र अखनण्डतालाई बचाउनको लागी बलिदान र समर्पणको भावनाले चुनावमा लाग्न सबैलाई आग्रह गर्नुभएको छ । राष्ट्रिय जनमोर्चा गुल्मीको भेलामा मंगलवार बोल्दै अध्यक्ष रानाले यस्तो कुरा बताउनु भएको हो ।
भेलाले कमल अर्यालको संयोजकत्वमा एक सय एकाउन्न सदस्य चुनाव प्रचार प्रसार समिती गठन गरेको छ । यस्तै अखिल नेपाल युवक संघ अध्यक्ष तारा कुवँरको संयोजकत्वमा ६१ सदस्यसिय युवा प्ररिचालन समिती गठन गरेको छ । यस्तै टेक बहादुर के सी को संयोजकत्वमा २१ सदस्यि आर्थिक समिती गठन गरेको छ । यस्तै मित्रलाल त्रामुको संयोजकत्वमा चुनाव गुल्मी क्षेत्र नं. १ को २९ सदस्यि चुनाव प्रचार प्रसार समिती गठन गथरेको छ । यस्तै टेक बहादुर केसीको संयोजकत्वमा ५१ सदस्यि गुल्मी क्षेत्र नं. २ को चुनाव प्रचार प्रसार समिती गठन गरेको छ ।
यस्तै लिलामणी भट्टराइको संयोजकत्वमा ३९ सदस्यि गुल्मी क्षेत्र नं. ३को चुनाव प्रचार प्रसार मिती गठन गरेको छ । भेलाले असोज २३ देखि ३१ सम्म दसैको सुभकामना आदाप्रदान तथा भेटघाट कार्यक्रम गर्ने, कार्तिक १ देखि कार्तिक मसान्त सम्म चुनाव प्रसार प्रसार कार्यक्रम संञ्चालन गर्ने बताइएको छ । कार्तिक ८ गते गुल्मीको सदरमुकाम तम्घासमा बृहत आमसभा हुने र उक्त सभालाई राष्ट्रिय जनमोर्चाका केन्द्रिय अध्यक्ष चित्र बहादुर केसीले सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रिय जनमोर्चा गुल्मीले जनाएको छ । कमल अर्यालको अध्यक्षता र गुमान सिंह पुनको संञ्चालनमा सम्पन्न भएको राष्ट्रिय जनमोर्चा गुल्मीले जनाएको छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग