Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दशैँ नजिकिँदै गर्दा वामीमा रहेका वित्तिय सँस्थाहरुमा बैंकिङ कारोबारमा दोब्बरले वृद्धि

Published on 12:15:00 AM //

कौरव खत्री
गुल्मी, असौज २२ ।  हिन्दु धर्मावलम्बीहरुको महान पर्व विजया दशमी नजिकिँदै गर्दा वामीमा रहेका वित्तिय सस्थांहरुमा बैंकिङ कारोबारमा दोब्बरले वृद्धि भएको छ ।
वामीमा रहेका ३ वटा वित्तिय सँस्थाहरुले अन्य समयमा भन्दा दशैँको मुखमा कारोबारमा वृद्धि भएको बताएका छन् । अन्य समयमा सामान्य रुपमा भित्रने गरेको रेमिट्यान्स पनि वैदेशिक रोजगारमा गएका व्यक्तिहरुको आगमनसगैं दोब्बरले वृद्धि आएको ग्लोबल आई.एम.ई  बैंक वामी शाखाका प्रबन्धक अम्बु बहादुर रायमाझीले जानकारी दिनुभयो ।
त्यस्तै सिटी एक्सप्रेस मनी ट्रान्सफर वामी शाखाका प्रबन्धक कृष्ण सिग्देलका अनुसार विदेशबाट भित्रने गरेको रेमिट्यान्स मात्र नभएर बैंकमा जम्मा गरेको रकम लिन आउने ग्राहकहरुको भिड लाग्ने गरेको छ जसले गर्दा दैनिक कारोबारमा ह्वात्तै वृद्धि भएको छ ।
बैंकहरुले दशैँमा खुल्ला नोटको अभाव हुन नदिनको लागि बुधबारबाट नोट सटहकीको व्यवस्था गर्ने बताएका छन् तर आफुहरुसँग साना नोटको अभाव रहेको रहेपनि उपलब्ध नोट सन्तुलित रुपमा वितरण गर्न पहल गर्ने बताएका छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग