Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

१०८ वर्षिय आमा टिकाको औंला गन्दै

Published on 4:58:00 PM //

प्रेम सुनार
असौज २६, गुल्मी । जिल्लाकै सबैभन्दा जेष्ठ नागरिकका रुपमा गनिने तम्घास ८ भुजेलखर्ककी १०८ वर्षिया सुमित्रा श्रीस टिकाको दिन औंलामा गनेर बसेकी छन् । एक मात्र सन्तान छोरी र उनैको घरमा बसोबास गर्ने श्रीसको उदाहरण हेरे काफी छ कि बुढेसकालमा स्याहार सुसारका लागि छोरा नै जन्माउनु पर्छ भन्ने छैन । उनलाई छोरीका छोरा नाती पलाँती र खलातीले बच्चा धरालो गरे झैँ गरेर स्याहार सुसार गरेका छन् ।
उनैहरुलाई टिका लगाई दिन आतुर श्रीस अव कति दिन छन् टिकाको दिन आउन भन्दै सोध्ने गर्छिन् । छोरी बतना घर्तिको र ज्वाँई लोकबहादुर घर्तिको मृत्यु भएको पनि १६ वर्ष नाघि सक्यो । उनैका जेठा छोरा गणेश घर्तिका परिवारले उनलाई स्याहार सुसार गरेका छन् । उनका माईला नाती पुर्णबहादुर घर्ति नेपाली सेनाका रिटायर्ड कणेल, उनि काठमाण्डौंमा छन् । कान्छा तेजबहादुर युकेमा छन् । गणेश बहादुरका जेठा छोरा फर्र्स घ.म., माईला अशोक र कान्छा दिलबहादुर आबुधावी पुलिस फोर्शमा छन् । ति मध्ये माईला अशोकले चार वर्ष पछि अजुरआमाको हातको टिका लगाउन घर आई पुगेका छन् ।
सुत्ने कोठाको ढोकामा बसेर पारी पट्टि भुजेलखर्ककोटमा गुरुम्गुरुम बज्दै गरेका बाजातिर कान थाप्दै १०८ वर्षिया सुमित्र श्रीस । फोटो: प्रेम सुनार
‘असाध्यै भाग्यामानी ठानेको छु यसपाली सय वर्ष नाघेकी हजुर आमाको हातको टिका लगाउन पाउँदा’ अशोकले भने–‘यस्तो शौभाग्य विरलैका छोरा र नाती पलाँतीलाई मिल्ला ।’ उहाँको स्वास्थ्य अवस्था कस्तो छ त ? अशोकले भने–‘कान अलि कम सुन्नु हुन्छ, आँखा पनि कम देख्नु हुन्छ, खाना कम खाए पनि अरु स्वास्थ्य अवस्था राम्रो छ ।’ उनका छोरी पट्टिका सन्तान कुल ३० जना छन् । ति मध्ये खलाँती ११ र पलाती ४ रहेका छन् । उनको शारिरिक अवस्था हेर्दा अझै कैयौं वर्ष बाँच्ने देखिन्छ ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग