Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अरुलाई चाड आयो एमाओवादी नेता क्षेत्रीलाई चुनाव

Published on 4:17:00 PM //

प्रेम सुनार
असौज २६, गुल्मी । आज अस्टमीको दिन घर–घरमा दशैं आएको छ तर एकिकृत नेकपा माओवादी गुल्मी क्षेत्र नम्वर ३ का उमेदवार वामदेव क्षेत्रीलाई भने चुनाव आएको छ । उनि आज धुर्कोट रजस्थलमा चुनावी जन भेटघाटमा ब्यस्त छन् ।
सो पार्टीका केन्द्रिय सदस्य रहेका क्षेत्री एक हप्ता अघि हस्तीचौर, दर्लामचौर, दोहली, ईस्मा रजस्थल, छापाहिले, अर्जै, अमरपुर, घमिर, अर्खबाङ्ग, ह्वाङ्गदी, दर्लिङ्ग, नेटा, पौदी अमराईको जन भेटघाट सकेर आज धुर्कोट रजस्थल आई पुगेका हुन् । उनले ३ नम्वर क्षेत्रको हिजो आफ्नो दलको किल्ला आगमी चुनावमा पनि कायमै राख्ने जोसका साथ टिकाको दिन पनि दशैंको खान पिनमा नभुली जनता कै घर दैलेमा पुगेर किन बनेन त ? यस अघि भन्ने कुरा जनतालाई बुझाउन मै ब्यस्त रहने बताउ छन् । धुर्कोटको जन भेटघाट कार्यक्रमलाई संबोधन गर्दै क्षेत्रीले पुराना दलहरुले संघियता विरोध गर्नुको कारण सदरमुकामका पुँजीपति र आफुहरुको ब्रम्हालुट अन्त्य हुन्छ भन्ने डरले भएको आरोप लगाए । भने–‘ एकिकृत नेकपा माओवादीले विकासको काम र दैनिक प्रशासनिक काम गर्न जनतालाई सहज होस भन्नका लागि संघिय राज्यको अवधारणा ल्याएको हो , जुन कुरा पुराना दलहरुले विरोध गरिरहेका छन् । ’
आफुहरुको अस्तीत्व समाप्त हुने डरले जन हितको कुरालाई समेत विशेष गरी नेकपा एमालले विरोध गर्ने गरेको आरोप लगाउँदै नेता क्षेत्रीले ६ लाख युवाहरुलाई रोजगारी दिने उद्देश्यका साथ माओवादी सरकारले ल्याएको युवा स्वरोजगार कार्यक्रम समेत एमालेको सरकारले हटाएको बताए । ‘हामीले २ लाख युवालाई रोजगारी दिई सकेका थियौं ’उनले भने –‘एमाले कै कारण बाँकीलाई रोजगार दिन सकेनौ अव आगमी चुनाव पश्चात बन्ने हाम्रो सरकारले लागु गरेरै छा्ड्ने छ । ’ गुल्मीको क्षेत्र नम्वर ३ मा एमालले सिन्को नभाचे पनि सबै काम गरेको एमालले हो भन्ने झुटो प्रचारप्रति हामी दुई वटै दल आक्रोषित छौं’ उनले भने –‘उहाँहरुका कार्यकर्ताहरु यस्तो झुटो प्रचार लिएर गाउँ डुल्न लाज मान्नु पर्ने हो ।

कार्यक्रममा एकिकृत नेकपा माओवादी ३ नम्वर क्षेत्रिय चुनाव परिचालन समिति संयोजक बुद्धि जि.सीले भने–‘अघिल्लो चुनावमा हाम्रो कुनै गाविसमा एउटा प्रतिनिधी समेत राख्ने मान्छे नहुँदा त जितिएको थियो भने अहिले त हाम्रो २८ वटै गाविसमा संगठन चुस्ता छ, यसपाली हामी भारी मतले जित्छौं ।’ अर्का नेता भुपाल पोखेर, ज्ञानबहादुर बुढाको दावि पनि त्यस्तै थियो । आज देखि वस्तु भनभने, पुर्कोटदअ लगायतमा जन भेट घाट कार्यक्रम हुने क्रान्तिकारी पत्रकार संघका जिल्ला अध्यक्ष भरत पाण्डले जानकारी दिए ।



0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग