Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सेना र डाक्टरले बचाए सर्वसाधरणको ज्यान

Published on 12:23:00 AM //

प्रेम सुनार
असौज १८, गुल्मी । त्यसो त नेपाली सेनाले धेरै पटक उदाहरण दिएको छ कि उसले देशका लागि मात्र रगत वगाउँदैन, सर्वसाधरणको जिवनरक्षाका लागि पनि आफ्नो रगत वगाउँछ/दिन्छ भन्ने कुरा । त्यसको पछिल्लो उदाहरण यहाँ स्थित नेपाली सेना गुरुगोरख गुल्म धागिथुम ब्यारेकले दिएको छ ।
गुल्मीको मरभुङ–९ की २८ वर्षिया माया सुनार शुक्रवार ९ वजे सम्म जिवन मृत्युको दोसाँधमा थिईन् । पाठेघर वाहिर मृत शिशु, शल्यकृया गरेर निकाल्नु पर्ने । अशिक्षित ग्रामिण भेगकी महिला उनि त्यस्तो भए होला भन्ने थाह पाउन सकिनन् । उनलाई उच्च रक्तचाप हुँदै गयो । गाउँघरमा हेरखोर गर्दै जाँदा उनि अन्तिम अवस्थामा पुगेपछि श्रीमानले बल्ल विहिवार तम्घासस्थित रेसुङ्गा अस्पताल एण्ड रिसर्च सेन्टरमा ल्याए । डाक्टर लक्ष्मण भुषालले परिक्षण गर्दा उनिको शरिरमा शल्यकृयाका लागि आवस्यक न्युतम रगत थिएन । जिल्लामा ब्लड बैंकको अभाव । सारा आफन्तहरु खोजे उनका श्रीमानले । कतै पाएनन् रगत दिने मान्छे । आर्थिक अभाव निकै कम्जोर रहेका उनि अस्पतालको गेटमा ओठ मुख सुकाउँदै श्रीमतिको मृत्यु स्वीकार्न विवश थिए ।

केहि उपाय नचलेपछि उनका छिमेकी नोखबाहदुर पौड्यालले कतै नेताहरु त कतै सञ्चारकर्मीहरु गुहारे । सामाजिक सञ्जाल फेशबुक मार्फत ‘ए’ पोजेटिभ रगत भएकाहरुबाट रक्तदानका लागि अपिल पनि गरियो । केहि वेरपछि एमाओवादी नेता बुद्धि जि.सीले प्र.जि.अ.कमलराज ढकालसंग आग्राह गरे । उनले गुल्मपति सेनानी दिलुविक्रम लिम्वुलाई फोन गरे । लिम्वुले तत्काल स्टाण्ड लगाए । ब्लड ग्रुप ए भएका केहि ईच्छुक भए रक्तदान गर्न आग्रह गरे । म त दिन्छु साव भन्दै हवाल्दार उत्तम भुजेलले हात उठाए । त्यस पछि जमदार पुरुषोत्तम दाहलको नेतृत्वमा भुजेल सहितको एक टुकडी रेसुङ्गा अस्पतालमा आयो र सुनारलाई रक्तदान ग¥यो ।
डाक्टर लक्ष्मण भन्छन्–‘उहाँहरुले रक्तदान नगरेको भए सुनारलाई बचाउन सक्ने अवस्था नै थिएन, जिल्लाका लागि यस्तो खालको अप्रेशन जोखिम पुर्ण थियो तर सफल भयौ र उनलाई खतरामुक्त बनायौं ।’ डाक्टर भुषालका अनुसार उनको पाठेघरमा आधा लिटर रगत जमेको थियो । पाठे घर बाहिर १२ से.मी. लम्वाईको शिशु मृत अवस्थामा थियो । उनले भने–‘यस्तो खालको अप्रेशन जिल्लामै यो फस्ट टाईम हो ।’
शल्यक्रिया पछि उनले आँखा उघारेकी छिन् । निन्याउरो चेहरा लगाएका उनका श्रीमानको चेहरामा खुशी छाएको छ । उनले भने–‘मनले पाप सोचिसकेको थियो आईपुगेको दशैमा गुमाउने भईयो भनेर तर ब्यारेकका सिपाहीले र डाक्टरले बचाईदिए, आत्माले उहाँहरुलाई अािशष दिएको छ ।’ रक्तदान गर्ने हवल्दार भुजेल ईनरुवा–३, सुनसरीका हुन् ।

जिल्लामा ब्लड बैंक नहुँदा यहाँका त्यस्ता थुप्रै विरामीहरुको अकालमा ज्यान जाने गरेको छ । ब्लड बैंकको सवै सर–समान आए पनि नेपाल रेडक्रशका एक जना प्राविधिकलाई तलव खुवाउने श्रोत नभएका कारण स्थापना गर्न नसकिएको जिल्ला स्वास्थ्य प्रमुख डाक्टर हरिबहादुर के.सीले बताए । रेसुङ्गा अस्पतालले केहि दिन पुर्व आफ्नो वार्षिक उत्सवको अवसरमा ब्लड बैंक स्थापनाका लागि दवाव स्वरुप पाल्पा मेडिकल कलेजमा जम्मा गर्ने गरी रक्तदान कार्यक्रम गरेको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग