Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मुलुकको संबृद्धि र शान्तिका लागि काँग्रेस प्रतिबद्ध छ ः सेन

Published on 8:15:00 PM //

पि.एम.मगर
गुल्मी, कार्तिक १४ । चुनावी प्रचार प्रसारमा लागेको नेपाली कांग्रेस क्षेत्र नम्बर ३ ले आज गुल्मीको ईश्मा दर्लामचौर गाविसमा चुनावी सभा सम्पन्न गरेको छ । दर्लामचौरको ठाडुङगामा सम्पन्न भएको कार्यक्रमलाई कांग्रेस क्षेत्र नम्बर ३ का उम्मेदवार त्रैलोक्य प्रताप सेनले सम्बोधन गर्नुभएको थियो ।
सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रत्यक्ष उम्मेद्वार सेनले जनताको संविधान निर्माण, मुलुकको संबृद्धि र शान्तिका लागि नेपाली काँग्रेस सधै प्रतिव्रद्ध रहेको बताउनुभयो । उहाँले नेपाली काँग्रेसको नेतृत्वले मात्रै जनताको बास्तबिक संविधान दिन सक्ने दाबी गर्दै आफ्नो पार्टी सधै जनताप्रति समर्पित तथा उत्तरदायी रहेकाले संविधानसभाको निर्वाचनमा काँग्रेसले बहुमत ल्याएरै छाड्ने बताउनुभयो । त्यस्तै कार्यक्रममा पूर्व सांसद रुद्रमणी शर्मा भण्डारीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाली कांग्रेस जिल्ला उपसभापति भुवनप्रसाद श्रेष्ठ, संगठन विभाग प्रमुख शालीकराम पन्थी, जिल्ला सह सचिव हरी केसी, महाधिवेशन प्रतिनिधि तथा नेविसंघका पुर्व उपाध्यक्ष महेन्द्र भण्डारी, महाधिवेशन प्रतिनिधि कृष्ण नेपाली, शिक्षक संघका सभापति तथा ईलाका नम्बर १३ ईन्चार्ज प्रेमनारायण भण्डारी, गाउँ समिति सचिव नारायण भुसाल लगायतले आसन्न संविधानसभाको निर्वाचन र काँग्रेसको भूमिकाका विषयमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा तरुण दल जिल्ला सदस्य चुराबहादुर खत्री र बिक्रम महतले सांगीतिक प्रस्तुती समेत प्रस्तुत गरेका थिए । पूर्व पार्टी गाउँ समति सभापति रामेश्वर अर्यालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा पशुपती अर्यालको संचालन  तथा गाउँ समिती सभापति पदमबहादुर कुँवरको अध्यक्षता रहेको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग