Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

काम काँग्रेसले गर्ने अरुले जनता ठग्ने ः भण्डारी

Published on 8:17:00 PM //

पि.एम.मगर
गुल्मी, कार्तिक १४ । नेपाली काँग्रेस गुल्मी क्षेत्र नं. २ ले आज दिगाम गाविसमा चुनावी प्रचार प्रसार तथा घरदैलो भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । उसले सो गाविसका विभिन्न स्थानमा सभा समेत सम्पन्न गरेको छ ।
दिगाम गाविसको बाँसखर्क, पिपलनेटा, बोखर, अगाह खोला, मनबाहक लगायतका स्थानमा सम्पन्न भएको चुनावी सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य शिक्षा विभाग प्रमुख, नेपाली काँग्रेस गुल्मी क्षेत्र नं. २ का उम्मेदवारचन्द्र भण्डारीले काँग्रेस नेतृत्वको कुनै विकल्प नरहेको दाबी गर्दै काँग्रेसले मात्र जनताको बास्तबिक संबिधान लेख्ने दावी गर्नुभयो । उहाँले त्यसका लागि काँग्रेसको बहुमत आबश्यक रहेको बताउनुभयो । काँग्रेसप्रतिको जनताको आस्था र जनलहरले आसन्न संविधानसभाको निर्वाचनमा बहुमत ल्याएरै छाड्ने ठोकुवा समेत गर्नुभयो । विगतका समयमा पनि जिल्लाका विभिन्न क्षेत्रमा काँग्रेसले योजना बनाई काम सम्पन्न गर्ने तर अन्य दलहरुले मैले गरेको भन्दै ठग्ने गरेको बताउँदै अव सचेत भएर लाग्न उहाँले स्थानीयलाई आग्रह गर्नुभयो । सोही सभामा बोल्दै नेपाली काँग्रेसका जिल्ला सभापति चन्द्र के.सी.ले मुलुकको विकास र निकासका लागि काँग्रेसको विकल्प नभएको बताउनुभयो । यस पटकको चुनावमा काँग्रेसले जिल्लाका तीन वटै स्थानमा जीत हासिल गर्ने बताउनुभयो । कार्यक्रममा समानुपाति उम्मेदवार मोहन ज्ञवाली, संस्थागत विद्यालय शिक्षक संघका केन्द्रीय सदस्य हरिप्रसाद कण्डेल लगायतले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सस्थानीयबासीको उत्साहजनक सहभागिता रहेको क्षत्रीय समितिले जनाएको छ ।
कार्यक्रममा काँग्रेस नेता देबेन्द्रराज पौडेल, लोकनाथ कण्डेल, भरत बस्नेत, शोभाखर विश्वकर्मा, नेपाल विद्यार्थी संघका पुर्व जिल्ला सभापति प्रेम पुन मगर लगायतको विशेष उपस्थिति रहेको थियो । नेपाली काँग्रेस दिगाम गाउँ कार्य समितिका सभापति मोहन कण्डेलको अध्यक्षतामा सम्पन्नकार्यक्रमको सञ्चालन कृष्ण भण्डारी, रामकृष्ण कण्डेल लगायतले गर्नुभएको थियो । पिपलनेटा, अगाँह खोला र मानबाहकमा भएका सभामा विभिन्न पार्टी परित्याग गरी २० जना कार्यकर्ता नेपाली काँग्रेसमा प्रबेश गरेका छन् । 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग