Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सधैं गाउँको विकास निर्माणको चिन्ताले सताईरहन्छ: एमाले नेता बिष्ट

Published on 8:10:00 PM //

गगनशिला खड्का
गुल्मी, १४ कार्तिक । नेकपा एमालेका निर्वाचन क्षेत्र नं ३ का प्रत्यक्ष उम्मेद्वार गोकर्ण विष्टले आफुलाई सधै गाउँको विकास निर्माणको चिन्ता लागीरहने बताउनुभएको छ ।
चुनावी प्रचार-प्रसारका क्रममा आज गुल्मीको घमिरमा मतदातांग कुरा गर्दे विष्टले आँफु जुनसुकै भागमा रहेपछि जन्मेको, हुर्केको गाउँ र निर्वाचन क्षेत्रको विकासमा कसरी ध्यान दिने भन्ने कुराले चिन्तित बनाईरहने बताउनुभयो । उहाँले गुल्मी जिल्लाको प्राथमिकताको हिसावले पनि सधै विकास निर्माणका कुरा उठ्दा पछि परीरहने निर्वाचन क्षेत्र नं ३ मा मोटरवाटो र विधुतीकरणले मात्रै अन्य विकासका ढोकाहरु खुल्न सक्छन् भन्ने लागेर आफुले मोटरवाटो र विधुतमा ध्यान दिएको बताउनुभयो ।
विष्टले निर्वाचन क्षेत्रको विकासका लागि पारिवारिक, सामाजिक र राजनैतिक मायाँले समेत तान्ने बताउनुभयो । उहाले आफु राजनितिक व्यस्तताका कारण काठमान्डुमा रहेपनि अन्य परिवार पुर्खौली घर दोहलीमा बस्ने हुदाँ काठमान्डु भन्दा गुल्मी र निर्वाचन क्षेत्र नं ३ का जनताको अपार माया ममताले बढी तान्ने बताउनुभयो । लामो समयको राजनितिक यात्रामा व्यक्तीगत स्वार्थ भन्दा माथी उठेर आफ्नो क्षेत्रलाई निरन्तर सहयोग गरीरहनुभएका विष्टले विकास र संविधान निर्माणका लागि मत दिन आग्रह गर्नुभयो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग