Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मन्दिर भागदौडमा मर्नेको संख्या १ सय १० कट्यो

Published on 2:23:00 PM //

भोपाल - मध्यप्रदेशको डटिया जिल्लामा रहेको रत्‍नग्रह मन्दिरमा भएको भागदौडमा परी मर्नेको संख्या १ सय १० पुगेको छ। सन् २००६ मा त्यहाँ रहेको एउटा पुल भत्किँदा ५० तीर्थयात्रुको मृत्यू भएको थियो। त्यही पुल भत्किएको हल्लापछि भागदौड सुरु भएको थियो।
'हामीले १ सय ५ लाश गन्ति गर्‍यौं। कतिपयको मृत्यू अस्पताल लैजाने क्रममा बाटोमा नै भयो। यो संख्या अझै बढ्न सक्छ,' प्रमुख मेडिकल एन्ड हेल्थ अफिसर आरएच गुप्ताले भने।
Image by Reuters
भोपालबाट ४ सय ५ किलोमिटर दुरीमा रहेको उक्त मन्दिमार मध्य प्रदेश र उत्तर प्रदेशबाट भक्तजनहरु पुगेका थिए। मुख्यमन्त्री शिवराज सिंह चौहानले घटनाको न्यायिक अनुसन्धान गर्न निर्देशन दिएका छन्। कङ्ग्रेस अध्यक्ष सोनिया गान्धीले घटनाप्रति गहिरो चासो प्रकट गरेकी छिन्।
घटनास्थलमा २० भन्दा बढी डाक्टरसहितको टोली पठाइएको छ। मुख्यमन्त्री चौहानले हरेक मृतकका परिवारलाई १ लाख ५० हजार रुपियाँ राहत रकम उपलव्ध गराउने घोषणा गरेका छन्।
-एजेन्सी 

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग