आज बडादशैँ, देश बिदेशमा धुमधामका साथ टिका जमरा ग्रहण गरिँदै
Published on
5:19:00 AM //
२८ असौज, गुल्मी । बडादशैंको दसौँ दिन आज आफ्ना मान्यजनबाट टिका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी मनाइँदैछ । आज टीकाको साइत बिहान ९ बजेर ५७ मिनेटमा उत्तम रहेको नेपाल पञ्चाँग निर्णायक समितिले जनाएको छ । तर आफूलाई पायक पर्ने जुनसुकै समयमा पनि टीका लगाउन सकिने समितिको भनाई छ ।
दशैं घरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरिन्छ र श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबढा या मान्यजनहरुबाट टीका र जमार लगाईन्छ । असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा विजयादशमीलाई लिईन्छ । विजयादशमीका दिन आफ्ना मान्यजनबाट टिका ग्रहण गर्दा अरु फूलको सट्टा समृद्धिको प्रतीक पहेँलो जमरा प्रयोग गरिन्छ ।
आजका दिन परिवारका आफूभन्दा ठूलाबडा, बाजेबज्यै, बाबुआमा, गुरूपुरोहित तथा मान्यजनको हातबाट नवदुर्गाभवानीको टिका, जमरा तथा प्रसाद थापी उनीहरूबाट यश, ऐश्वर्य वृद्धि तथा दीर्घायुको आशीर्वाद लिने गरिन्छ । निधारभरी दही अक्षताका राता टीका लगाएर शिरमा जमरा सिउरेका, मान्यजनहरुबाट टीका थाप्न जानेहरुको आज विशेष चहलपहल देखिन्छ ।

0 प्रतिकृयाहरु