Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

बिमान दुर्घटनामा ४४ को मृत्यु

Published on 9:45:00 PM //

लाओस (रोयटर्स), आश्विन ३१ - खराब मौसममा उडेको लाओ एयरलाईन्सको बिमान मेकोङ नदिनमा दुर्घटना हुँदा बिमानमा रहेका सबै ४४ यात्रुको मृत्यु भएको छ । लाओसको राष्ट्रिय ध्वजावाहक बिमान १० देशका नागरिक थिए ।
लाओसको राजधानी भिन्टिनबाट उडेकेा बिमान त्यहाँको स्थानीय समयअनुसार बिहान ४ बजे गन्तव्य पाक्सेमा पुग्न ८ किलोमिटर बाँकी हुँदा दुर्घटना भएको हो । पाक्से थाईल्याण्ड र कम्बोडियाको सिमाना नजिकै पर्छ ।
एयरलाईन्सले बिज्ञप्ती जारी गर्दै दुर्घटनाको कारण पत्ता लागिनसकेको बताएको छ । खराब मौसमलाई दुर्घटनाको कारक ठानिएको छ ।
बिमानमा अधिकांश लाओसका थिए । बिमानमा सात फ्रान्सेली नागरिक पनि मारिएको बिदेश मन्त्री लउरेन्ट फाबियुसले बताए ।
दुर्घटनामा दक्षिण कोरियाली, अष्ट्रेयाली, क्यानेडियाली, ताईवानी, चिनियाँ, बर्मेली र भियतनामीसहित ५ जना थाई नागरिकको मृत्यु भएको थाईल्याण्डका विदेश मन्त्री तथा सरकारका प्रवक्ता सेक वान्नामेथेले बताए ।
कम्युनिष्ट शासित लाओसको राष्ट्रिय एयरलाईन्स सन् १९७६ देखि सञ्चालित छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग