Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चुनावका लागि युरोपेली युनियनका ३४ पर्यवेक्षक खटाइए

Published on 9:44:00 PM //

काठमाडौ, आश्विन ३१ - युरोपेली युनियन निर्वाचन पर्यवेक्षण मिसनले ३४ जना दीर्घकालीन पर्यवेक्षकको एक समूहलाई बिहीबार परिचालन गरेको छ ।
युरोपेली संसदीय सदस्य इभा जोली प्रमुख पर्यवेक्षक रहेको उक्त मिसनअन्तर्गत मंसिर ४ को निर्वाचन पर्यवेक्षण गर्न पर्यवेक्षकहरू असोज २७ गते नेपाल आइपुगेका हुन् ।
पर्यवेक्षणसम्बन्धी तीनदिने अभिमुखीकरणपछि ईयू पर्यवेक्षकहरू नेपालका सबै क्षेत्रमा परिचालित भएका हुन् । आगामी साताहरूमा पर्यवेक्षकहरूले निर्वाचन अधिकारी, उम्मेदवार र नागरिक समाजका प्रतिनिधिलाई भेटेर आफूले अवलोकन गरेका विवरण काठमाडौंमा पठाउने ईयूद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग