Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सडक नाटक देखाउँदै, भोट माग्दै

Published on 8:59:00 PM //

कृष्ण बिसी
नवलपरासी, कार्तिक ९ । दोस्रो सबिधानसभाको निर्वाचनमा आफुलाई जिताउनका लागी बिभिन्न राजनैतिक दलका नेताहरुले यतिबेला भोट माग्नको लागी जनताको घरदैलो कार्यक्रम गरिरहेका छन । तर सोसल रिपब्लीकन पार्टीले नवलपरासीमा आफ्नो चुनावी प्रचारप्रसार भिन्न तरिकाले अघि बढाएको छ ।
चुनावी प्रचारप्रसारका लागी उक्त पार्टीले जिल्लामा एक मात्र गाडीको प्रयोग गरी माईकिङ्ग गर्दै प्रचार प्रसार गरिरहेको छ । ठुला राजनैतिक दलका उम्मेद्धवारहरुले घरदैलो कार्यक्रम र प्रत्यक्ष भेटघाट गरेर जनता सग भोट मागिरहेका छन भने रिपब्लीकन पार्टीले सडकमा नाटक प्रस्तुत गरेर जनतासँग भोट मागीरहेको छ । समृद्धी र शान्तीका लागी किसान आन्दोलन पर्याबरण क्रान्ती, किसान आन्दोलन र पर्याबरण क्रान्तीका लागी युवा अगाडी आउन भन्ने मुलनाराका साथ उक्त पार्टीले नवलपरासीका ६ बटा निर्वाचन क्षेत्र मध्य क्षेत्र न ३ बाट प्रत्यक्षमा खोमाकान्त खनाललाई उठाएको छ भने अन्य निर्वाचन क्षेत्रमा सामानुपातीक उम्मेदवार उठाएको छ ।
सामानुपातीक तर्फ क्षेत्र न २ मा प्रेम प्रसाद अधिकारी,क्षेत्रन ३ मा अभिषेक शर्मा,क्षेत्र न ४ मा बाबुराम रिजाल,क्षेत्र न ५ मा यादव खनाल,क्षेत्र न ६ मा प्रेमदेवी हरिजन रहनुभएको छ । रिपब्लीकन पार्टीको चुनाव चिन्ह सलाई रहेको छ । किसानको आन्दोलनद्धारा स* घियता, स्वायत्तता, आत्मनिर्णयको अधिकार, गणतन्त्र, समाबेशी र धर्म निरपेक्षतालाई सस्थागत गरी किसान गरिव ग्रामीण समुदायका शोषित पिडीत का अधिकारलाई सुनिश्चीत गराउदै सँबिधान बनाउने पार्टीले दाबी गरेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग