Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

उम्मेदवारहरुलाई विकास निर्माणमा सहयोग गरिदिन आग्रह

Published on 9:11:00 PM //

जनार्दन घिमिरे
गुल्मी, ९ कात्तिक । नेपाली काँग्रेसका केन्द्रिय सदश्य तथा गुल्मी क्षेत्र नम्वर दुईका प्रत्यक्षतर्फका उम्मेदवार चन्द्र भण्डारीले संविधान सभा निर्वाचनमा जनताले उम्मेदवारहरुलाई विकास निर्माणमा सहयोग गरिदिन आग्रह गर्ने गरेको वताउनु भएको छ । जनताले उम्मेदवारहरुलाई देशको लागि कस्तो संविधान वनाउछौं भनेर कमैले प्रश्न गरेको भन्दै उम्मेदवार भण्डारीले मतदाताहरुले सडक, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका विषयहरुमा सहयोगको अपेक्षा गरेको वताउनु भयो । नेपाल प्रेस युनियन गुल्मीले आज सदरमुकाम तम्घासमा गरेको पत्रकार सम्मेलनमा वोल्दै भण्डारीले उक्त कुरा व्यक्त गर्नु भएको हो ।
नेताहरु चुनावमा मात्र भोटमाग्न आउने तर अन्य समयमा गाउँ नजाने भएका कारण नेता प्रति जनताको विश्वास घट्दै गएको आफुले अनुभूति गरेको भन्दै भण्डारीले जनताले विकासको प्रत्यक्ष अनुभूति गर्न नपाएको वताउनु भयो । आफ्नो उम्मेदवारीको मुख्य उद्देश्य संविधान निर्माणसँगै जिल्लाको समग्र विकासका लागि भएको भन्दै उहाँले सालझण्डीदेखि खज्र्याङ्ग, तम्घास, ढोरपाटन– खर्ज्याङ, रिडी, वामीटक्सार सडक निर्माण गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । उम्मेदवार भण्डारीले यदि पाँच वर्षभित्रमा आफुले उक्त कार्य पुरा गर्न नसकेको खण्डमा अर्कोपटक जनतासँग कहिल्यै भोट माग्न नआउने समेत दावी गर्नु भयो । जिल्लाको पर्यटकिय क्षेत्रको विकासका लागि रिडी, रेसुङ्गा, सालिमेदह लगायतका स्थानहरुलाई प्रमुख प्राथमिकताको सूचिमा राख्न सकियो भने पर्यटकिय क्षेत्रमा पनि आमूल परिवर्तन हुने उहाँको तर्क थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग