Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एकीकृत नेकपा माओवादीको पार्टीकार्यालय तोडफोड

Published on 8:55:00 PM //

राम सुवेदी
बुर्तिबाङ । बागलुङको खुँगामा शुक्रबार साँझ एकीकृत नेकपा माओवादीको पार्टी कार्यालयमा तोडफोड हुनुका साथै चार वटा मोटरसाईकलमा आगजनी भएको एकीकृत नेकपा माओवादीले जनाएको छ ।
हिजै तमानमा सभा सम्पन्न गर्न लाग्दा नेपाली काँग्रेसको एक टोलिले सभा विथोल्न खोजिरहेको तर त्यसो हुन नसकेपनि बीचबीचमा मोटरसाईकल रोक्ने, लगायतका कृयाकलाप गरिरहेको एकीकृत नेकपा माओवादी क्षेत्र नं. ३ का निर्वाचन परिचालन समितिका संयोजक चन्द्र अर्यालले बताउनुभएको छ ।
अर्यालका अनुसार हिजो साँझ करिव साढे ६ वजेको समयमा मुखमा नकाव लगाएको २०÷२५ जनाको समुहले एक्कासी पार्टी कार्यालयमा आएर कार्यालयको व्यानर च्यातिदिएको, तोडफेड गर्नुका साथै ध, १ प २८२५, ग, ७ प, २१८४ नं. सहित अन्य दुईवटा मोटरसाईकलमा पेट्रोल निकाली आगो लगाएको बताउनुभएको छ । आजगनीबाट चारवटै मोटरसाईकल पूर्ण रुपमा नष्ट भएको उहाँको भनाई छ ।  अर्यालका अनुसार नेपाली काँग्रेसका कार्याकर्ताले नै यस्तो घटना गराएको पार्टीको आधिकारीक धारणा रहेको घटना स्थलबाट बताउनुभएको छ । तर उता नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि जीत शेरचनले भने आफ्नो पार्टीको कतै आक्रमण गर्ने नीति नभएको भन्दै उक्त घटनामा आफ्नो पार्टी संग्लग्न नभएको बताउनुभएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग