Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दरमखोला लघुजलविद्युत परियोजना ५ दिनदेखि अवरुद्ध, उपभोक्ता अँध्यारोमा

Published on 7:23:00 PM //

कौरब खत्री
कार्तिक २, वामिटक्सार । गुल्मी अर्लाङकोट र बागलुङ काँडेबासको सयुंक्त पहलद्धारा सञ्चालित दरमखोला लघुजलविद्युत परियोजना विगत ५ दिन देखि अवरुद्ध हुँदा उपभोक्ताहरु अन्धकारमा बस्न बाध्य भएका छन् ।
गुल्मीको अर्लाङकोट गाउँ विकास समितिको वडा नं १,२,३ तथा ६ र बागलुङको काँडेबास गाउँ विकास समितिको वडा नं ९ का गरी कुल ३ सय ६५ घरधुरीले उपभोग गर्दै आईरहेको ३५ किलोवाट क्षमताको परियोजनाको जेनेरेटरमा खराबी आएपछि अवरुद्ध भएको थियो । विद्युत अवरुद्ध भएसगै गुल्मी र बागलुङका उपभोक्ताहरु अन्धकारमा बस्न बाध्य हुनुका साथै मोवाईल चार्ज गर्न समेत छिमेकी वडाहरुमा जान बाध्य भएका छन् त्यस्तै विद्युत सेवा अवरुद्ध हुँदा यस आसपासमा रहेका फर्निचर, कुटानी पिसानी मिल, पोल्टी फर्म लगायत अन्य विद्युतिय सामाग्रीहरु पनि सञ्चालन हुन सकेका छैनन् ।जेनेरेटर मर्मतको लागि भोलि ओसेन पावर सर्भिस बुटबलबाट प्राविधिक टोली आउने र चाँडै नै विद्युत सेवा सुचारु हुने परियोजनाका सस्थांपक सदस्य बुद्धिमणी खरेलले जानकारी दिनुभयो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग