Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मिसेस नेपालकी विजेता रजनी मिसेस ग्लोबमा भिड्दै

Published on 10:37:00 PM //

इप्लानेटले आयोजना हालै आयोजना गरेको मिसेज नेपालको दोस्रो संस्करणकी विजेता रजनी थापाले आगामी अक्टोबर २७ मा चीनमा हुने मिसेस ग्लोब २०१३ मा नेपालको तर्पmबाट पहिलोपटक प्रतिनिधित्व गर्ने भएकी छिन्। २६ वर्षीया थापा चीनको सेन्जेनमा हुने प्रतियोगितामा स्पर्धा गर्न आज शनिबार त्यसतर्फ प्रस्थान गर्दै छिन्।

संस्थाका अध्यक्ष सन्तोष सापकोटाका अनुसार वेस्टिन सेन्ज्हे फुटियन होटेलमा हुने यो सौन्दर्य प्रतियोगिताको फाइनलमा विभिन्न ४३ देशका सुन्दरीले स्पर्धा गर्नेछन्। १९९६ बाट शुरु भएको मिसेस ग्लोब प्रतियोगिताको यो १८औं संस्करण हो। ‘नेपालकै तर्पmबाट पहिलोपटक सहभागी हुन पाउनु एउटा महत्त्वपूर्ण अवसर हो, आशा छ हाम्रो सहभागीले त्यो अवसरलाई उत्कृष्ट किसिमले सदुपयोग गर्नुहुनेछ।’ –सापकोटा भन्छन्। ६३  देशका सहभागी र चीनलगायत विभिन्न देशका लगभग १६०० दर्शक सामु नेपालकी प्रतियोगी रजनीले नेपालको झन्डा फहराउनेछिन्।

‘आशा गरौं उपाधि जितेर नेपाल र नेपालीको शिर उचो बनाउने छिन्।’ –यो सहित विभिन्न ४२ अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताका नेपाल निर्देशकसमेत रहेका सापकोटाले भने। उनको संस्था इप्लनेटले पछिल्लो संस्करणमा मिसेस नेपालसहित एकै मञ्चमा लिटिल मिस नेपाल, मिस टिन इन्टरनेसनल र मिस इन्टरनेसनल आयोजना गरेको थियो भने यस वर्ष २०१४ का लागि पनि आवेदन फारम वितरण शुरु गरिसकेको छ। यो वर्ष इ प्लानेट ले फेब्रुअरी महिनाको चार शनिबार लगातार चार प्रतियोगिता लिटिल मिस युनिभर्स नेपाल, मिस टिन युनिभर्स नेपाल, मिस इन्टरनेसनल र मिसेस युनिभर्स नेपालको आयोजना गर्दै छ।

यसअघि इप्लानेटले अन्तर्राष्ट्रिय प्रतियोगिता मिसेस युनिभर्स २०१३ मा सहभागी गराएकी मिना घिमिरेले मिसेस इन्टेलिजेन्ट विधाको अवार्ड, चिल्ड्रेन अफ युनिभर्समा पठाएका चार प्रतिस्पर्धीले शीर्ष उपाधिसहित फस्ट रनरअप, ग्रेस फस्ट रनरअप, स्टार फस्ट रनरअप २०१३ जितेका थिए।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग