Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मगर संघ युएईद्धारा क्यान्सर पीडितलाई आर्थिक सहयोग

Published on 2:38:00 PM //

लालबहादुर ढेंगा
दुबई । वैदेशिक रोजगारीमा रहेका प्रवासी नेपालीहरुले आ–आफ्नो ड्यूटीको बावजुद पनि बचेको समयलाई सदुपयोग गर्दै विभिन्न संघ संस्थामा आवद्ध भएर परिआएको समस्याहरुको समाधान गर्दै आपतविपतमा परेकालाई सहयोग गर्नु एउटा गौरवको कुरा हो । नेपालस्थित क्यान्सरबाट पीडित भएका होमबहादुर रानालाई उपचारका लागि युएईबाट सामुहिक रुपमा आर्थिक संकलन गरि सहयोग गरेका छन् । सो आर्थिक सहयोग मगर संघ युएईको पहलमा भएको हो ।
मगर संघ युएईकी केन्द्रीय सांस्कृतिक विभाग प्रमुख शिला रानाकी बुबा लेखनाथ नगरपालिका वडा नं.१२, कास्की जिल्लाका निवासी होमबहादुर राना क्यान्सरबाट पीडित भई पोखराको पश्चिमाञ्चल गण्डकी अस्पतालमा उपचार भइरहेको क्रममा धेरै खर्च लाग्ने भएकाले मगर संघ युएईको केन्द्रीय तथा क्षेत्रीय समितिको पहलमा युएई दिराम ३,५५० नेपाली लगभग रु.९६,००० आर्थिक सहयोग गरेको छ ।
उक्त आर्थिक सहयोग संकलनका लागि टंक थापा मगरको संयोजकत्वमा एउटा आर्थिक संकलन समिति समेत गठन गरिएको थियो । जसमा आर्थिक संकलन समितिको पहलमा दिराम.३,०५० संकलन गरिएको थियो भने मगर संघ युएईको कल्याणकारी कोषबाट दिराम.५०० गरि जम्मा दिराम.३,५५० रकम गएको ४ अक्टोबर शुक्रबारका दिन दुबईको मेट्रो पार्कमा मगर संघ युएईका अध्यक्ष हस्तराज दर्लामीको अध्यक्षता तथा टोपबहादुर रेग्मीको संचालनमा बसेको बैठकले अध्यक्ष दलार्मी र संयोजक टंक थापाको हातबाट संयुक्त रुपमा शिला रानालाई हस्तान्तरण गरिएको हो ।
संघलाई अझै सशंक्त रुपले अगाडि बढाउने हेतुले सोही बैठकको अवसरमा केन्द्रीय उपाध्यक्षको पदमा उपेन्द्र राना मगरलाई र केन्द्रीय सदस्यको पदमा देवबहादुर सारुलाई चयन गरेको छ । युएईस्थित कार्यरत लगभग ४० हजार मगरहरुलाई समेट्दै आफ्नो मौलिक भाषा र संस्कृतिको जर्गेना गर्दै मगरहरुको समस्याहरु मात्र नभएर सम्पूर्ण प्रवासी नेपालीहरुको उद्धार कार्यमा पनि आफ्नो अहम भूमिका खैल्दै आएको छ ।
त्यसैगरी मुस्लिम धर्मालम्बीहरुको महान चाड बक्रईदको अवसरमा आगामी १५ र १६ अक्टोबरका दिन दुबईको अलकुजस्थित बलदिया खेल मैदानमा १३६ औं प्रथम सहिद लखन थापा मगरको स्मृतिमा युएईव्यापी खुल्ला भलिवल प्रतियोगिताको आयोजना गरिने भएको छ । सो खेलमा सहभागिता जनाउनका लागि दर्ता शुल्क दिराम.१५१ समेत राखिएको छ । युएईस्थित रहेका भलिवल खेलाडी टिमहरुलाई समयमै आफ्नो टिम दर्ता गर्नुका लागि यसै समाचारबाट आग्रह गरिएको छ । भलिवल प्रतियोगितामा विजय हुने उत्कृष्ट खेलाडी तथा टिमहरुलाईआकर्षक पुरस्कारहरुको पनि व्यावस्था गरिएको छ । जसमा प्रथम हुनेलाई कप, प्रमाण–पत्र र नगद पुरस्कार, द्धितीय हुनेलाई कप, प्रमाण–पत्र र नगद पुरस्कार र तृतीय हुनेलाई कप, प्रमाण–पत्र र नगद पुरस्कार प्रदान गरिने जानकारी भलिवल प्रतियोगिता संयोजक नुरेन्द्र दिसुवा मगरले जानकारी दिएका छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग